अमेरिकी सेनाका वरिष्ठ जर्नेल एफ्लीनको यस्तो छ कार्यतालिका

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । अमेरिकी सेनाका वरिष्ठ जर्नेल चाल्र्स एफ्लीन आज उच्चस्तरिय भेटघाटमा व्यस्त हुनुहुने भएको छ ।

उहाँले आज राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधामनन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गर्न लाग्नुभएको हो ।

एफ्लीनले दिउँसो साढे २ बजे राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्दै हुनुहुन्छ भने अपरान्ह तीन बजे प्रधामन्त्री देउवासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

त्यसअघि एफ्लीन सैनिक मुख्यालय जंंगी अड्डामा जानुहुनेछ । त्यहाँ उहाँको सम्मानमा नेपाली सेनाले गार्ड अफ अर्नर प्रदान गर्ने छ । त्यसपछि प्रधानसेनापति शर्मासँग भेटवार्ता हुने छ ।
प्रधानसेनापति शर्माले चाल्सको सम्मानमा आज रात्रिभोजको समेत आयोजना गर्दै हुनुहुन्छ ।

भ्रमण तालिकाअनुसार एफ्लीन शनिबार सगरमाथाको आधार शिविर जाने कार्यक्रम छ ।

अमेरिकी सेनाका एसिया-प्रशान्त क्षेत्र प्रमुख एफ्लीन चारदिने औपचारिक भ्रमणका लागि नेपाल आउनुभएको हो । बिहीबार दिउँसो इन्डियो एयरलाइन्स नयाँदिल्लीबाट प्रमुख एफ्लीन काठमाडौं आइपुग्नु भएको हो ।

उच्चस्तरीय सैनिक नेतृत्वबाट नियमित रूपमा हुने गरेको यस प्रकारको भ्रमण, विगत लामो समयदेखि स्थापित नेपाली र अमेरिकी सेनालगायत दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध एवं विद्यमान द्विपक्षीय सहयोग तथा सहकार्यको क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण सावित हुने विश्वास लिएको नेपाली सेनाले जनाएको छ ।

नेपालमा पछिल्लो समय अमेरिकी उच्च पदस्थ व्यक्तिहरूको आगमन बाक्लिएको छ । अमेरिकी उपमन्त्री उज्रा जियाको पछिल्लो भ्रमणपछि अमेरिकी सेनाका वरिष्ठ जर्नेलको नेपाल भ्रमण भएको हो । यसअघि यही महिनाको ९ देखि ११ सम्म सेनेटर क्रिष्टन जिलिब्राण्डको नेतृत्वमा पाँच सदस्यीय सांसदहरूको टोलीले नेपालको भ्रमण गरेको थियो ।

वैशाख ६ देखि ८ सम्म दक्षिण तथा मध्यएसिया मामिला हेर्ने उपसहायक विदेशमन्त्री केली केइडरलिङले नेपालको भ्रमण गर्नुभएको थियो । त्यसअघि नेपालले फागुन १५ मा एमसिसी अनुमोदन गर्नुअघि दक्षिण तथा मध्यएसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपालको भ्रमण गर्नुभएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमणमा जाने तयारी भइरहेका बेला प्रमुख एफ्लीन नेपाल भ्रमणमा आउनुले यसलाई महत्वपूर्ण रूपमा हेरिएको छ । नेपाल-अमेरिका कूटनीतिक सम्बन्धको ७५औँ वर्षगाँठको अवसरमा उच्च तहमा विभिन्न उच्चपदस्थ पदाधिकारीहरूको भ्रमण हुनेकुरा दुवै देशले दाबी गर्दै आइरहेका छन् । दुवै देशका कूटनीतिक अधिकारीहरूले यो बीचमा दुवै देशका उच्च पदस्थ पदाधिकारीहरूको भ्रमणलाई विशेष चासोका साथ लिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?