एम्बाप्पेको गोलमा जोगियो फ्रान्स

Read Time = 3 mins

बर्लिन । युवास्टार केलियन एम्बाप्पेको गोलमा फ्रान्स युइएफए नेसन्स लिग ‘ए’ ग्रुप १ मा हारबाट जोगिएको छ । एक गोलले पछि परेको अवस्थामा एम्बाप्पेले गोल गर्नुभएपछि फ्रान्सले अस्ट्रियासँग एक-एक गोलको बराबरी खेलेको हो । घरेलु टोली अस्ट्रियाका लागि एन्ड्रिएस वेइमान र फ्रान्सका एम्बाप्पेले बराबरी गोल फर्काउनुभएको थियो ।

खेलको ३७औँ मिनेटमा एन्ड्रिएस वेइमानले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । ८३औँ मिनेटमा परिवर्तित खेलाडी एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई हारबाट जोगाउनुभयो ।

यो बराबरीसँगै अस्ट्रिया दुई खेलबाट चार अंक जोडेर दोस्रो स्थानमा रहेको छ । डिफेन्डिङ च्याम्पियनसमेत रहेको फ्रान्सले कमजोर सुरुवात गर्दा तीन खेलबाट दुई अंकमात्रै जोड्न सकेको छ । यो समूहमा डेनमार्क ६ अंक जोडेर शीर्षस्थानमा रहँदा क्रोएसिया चार अंक जोडेर तेस्रो स्थानमा छ ।

यस्तै क्रोएसियाले समूह एकमा डेनमार्कलाई पराजित गर्‍यो । क्रोएसियाले डेनमार्कमाथि १-० को जित हात पारेको हो । खेलको ६९औँ मिनेटमा मारियो पासालिसले क्रोएसियाका लागि निर्णायक गोल गर्नुभएको थियो । त्यसअघि ८७औँ मिनेटमा घरेलु टोलीका जोनास वाइन्डले गोल गरे पनि अफसाइडका कारण त्यसले मान्यता पाएन ।

यो जितसँगै क्रोएसिया तीन खेलबाट चार अंक जोडेर तेस्रो स्थानमा रहेको छ । समान चार अंक नै रहे पनि अस्ट्रिया दोस्रो स्थानमा रहेको छ । पराजित डेनमार्क ६ अंक जोडेर शीर्षस्थानमा रहँदा फ्रान्स दुई अंक जोेडेर पुछारमा रहेको छ ।

यता अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा २-० ले पछि परेको स्थिति उल्ट्याएर दक्षिण कोरियाले पाराग्वेसँग रोमाञ्चक दुई-दुई गोलको बराबरी ग¥यो । पाराग्वेका मिगुएल अल्मिरोनले दुवै गोल गर्नुभयो । दक्षिण कोरियाका हृयुङ मिन सन र वु योङजंगले गोल गर्नुभएको थियो ।

खेलको २३औँ मिनेटमा मिगुएल अल्मिरोनले गरेको गोलबाट पाराग्वेले अग्रता लियो । ४९औँ मिनेटमा मिगुएलले दोस्रो गोल गर्नुभयो । ६६औँ मिनेटमा सन हृयुङ मिनले र इन्जुरी समयमा वु योङ जङले गोल गर्दै खेललाई दुई-दुई गोलको बराबरीमा टुंग्याउनुभयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?