मंगलग्रहमा एक महिना बस्ने नासाको मिसन

Read Time = 3 mins

न्यूयोर्क । मंगलग्रहमा एक महिना बस्ने तयारी गरिएको छ । अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले मंगल ग्रहमा मानिसलाई एक महिना वा सोभन्दा बढी समयसम्म राख्ने तयारी गरिरहेको हो । यो अन्तरिक्ष यात्रीहरूले यस ग्रहको सतहमा समय बिताउन र अनुसन्धान गर्न सकून् र नयाँ जानकारी पेश गर्न सकुन् भन्ने उद्देश्यले यसो गर्न लागिएको हो ।

अन्तरिक्ष यात्रीहरूले एक महिना के गर्नेछन् ? मंगल ग्रहमा गएका अन्वेषकहरूले त्यहाँ झण्डा राख्छन् ? जिउँदो रहन कस्तो प्रयास गर्नुपर्छ ? अवतरण कहाँ हुनेछ ? धेरै प्रकारका प्रश्नहरूको जवाफ खोज्न बाँकी छ तर मंगल ग्रहमा निर्माण हुने बेसको नाम भने तय भएको छ । मंगल ग्रहमा निर्माण हुने पहिलो मानव बेसको नाम मार्स बेस १०१ हो ।

मानव मिशन मंगल ग्रहमा कसरी जान्छ ? सम्पूर्ण मिशनको अवधिमा कस्ता प्रकारका अपरेशनहरू हुनेछन् ? कस्तो प्रकारको वैज्ञानिक परीक्षण गरिनेछ ? भन्ने निर्णय भने गरिसकिएको छ । मिशेल रुकरको नेतृत्वमा एक मंगल एकीकरण समूह गठन भएको छ । मिशेल रुकरले मंगल मिशनको सबैभन्दा ठूलो समस्या पृथ्वीबाट यसको दूरी रहेको बताउनुभएको छ ।

मंगल ग्रहमा मानिस पठाउन र फिर्ता ल्याउन दुई वर्ष वा सोभन्दा बढी समय लाग्ने छ । आजसम्म हामीले यति लामो समयसम्म कसैलाई पनि अन्तरिक्षमा पठाएका छैनौं । यति लामो यात्राका लागि बलियो सवारी साधन, खानपान, इन्धन आदि दिनुपर्ने हुन्छ । किनकी मेसिन पठाउन सजिलो छ, मान्छे पठाउन गाह्रो हुन्छ । मिशेल रुकरले मंगल ग्रहमा एक महिना बिताउनु धेरै समय नभएको बताउनुभयो । तर, अहिलेका लागि, हामीले सोच्न सक्ने मात्र हो ।

नासाले यसअघि पनि चन्द्रमामा यस्तो मिसन गरिसकेको छ । अपोलो मिसनले नासाका वैज्ञानिकलाई धेरै कुरा सिकाएको छ । मंगल ग्रहमा पहिलो मानव आधार निर्माण गरी एक महिना त्यहाँ बस्नु सम्पूर्ण विश्वका लागि नयाँ कुरा हुनेछ । यसमा धेरै खर्च लाग्नेछ । सुपरसुट बनाउनुपर्छ । प्रेसराइज्ड रोभर बनाउनुपर्ने छ, जसमा मानिस बस्न र हिँड्न सक्नेछन् । प्रेसराइज्ड क्याबिनहरू बनाउनुपर्नेछ । जसमा अन्तरिक्ष यात्रीहरू बस्न सक्छन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?