बहिरोपनका लागि ‘कोक्लियर इम्प्लान्ट’ सेवा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले पहिलोपटक शल्यक्रियामार्फत् कोक्लियर इम्प्लान्ट सफलतापूर्वक सम्पन्न गरेको छ । कोक्लियर इम्प्लान्ट एउटा सानो, जटिल इलेक्ट्रोनिक उपकरण हो, जसले गम्भीर श्रवण हानी भएका मानिसको श्रवण सुधार गर्न मद्दत गर्छ । पटक्कै कान नसुन्ने समस्या भएका बिरामीका लागि मेडिसिटीले ‘कोक्लियर इम्प्लान्ट’ सेवा सुरु गरेको हो । आइतबार एकजना बिरामीको शल्यक्रियामार्फत् कोक्लियर इम्प्लान्ट गरी सेवा सुरु गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालको नाक, कान, घाँटी (इएनटी) प्रमुख प्राडा तोरण केसीका अनुसार नेपालमा यो सेवा प्रदान गर्ने मेडिसिटी पहिलो निजी अस्पताल हो र यसमा भारतका चिकित्सक डा. जेएम हंसले नेपाल आएर नेपाल मेडिसिटीका चिकित्सकलाई सघाउनुभएको थियो । शनिबारदेखि नै वीर अस्पतालले पनि कोक्लियर इम्प्लान्ट सेवा सुरु गरेको छ । त्यहाँ दुईजना बिरामीको शल्यक्रियामार्फत् कोक्लियर इम्प्लान्ट गरिएको हो । यसैबीच नेपाल मेडिसिटीको पहलमा मेडिकल कलेज र इएनटी चिकित्सकबीच अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भएको छ ।

कानका संयन्त्रले काम नगरेको अवस्थामा र श्रवण यन्त्र (भित्री कान) ले पनि सुनाइ फर्काउन नसकेको अवस्थामा कोक्लियर इम्प्लान्ट गर्नुपर्ने डा. केसी बताउनुहुन्छ । केसीका अनुसार जन्मजात बहिरा भएका र समयसँगै श्रवणशक्ति गुमाउनेका लागि कोक्लियर इम्प्लान्ट गरिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?