पहिरोले मनाङ जाने बेँसीशहर–चामे सडक अवरुद्ध

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

लमजुङ

मनाङ जाने एकमात्रै बेँसीशहर–चामे सडक पहिरोका कारण अवरुद्ध भएको छ । अविरल वर्षासँगै बेँसीसहर नगरपालिका–६ खरखरे भीरमा शनिबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको हो।

खरखरे भीरमा ठुल्ठूला ढुङ्गासहितको पहिरोले सडक अवरुद्ध बनाएपछि यात्रुहरू गन्तव्यतर्फ जान पाएका छैनन् । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जगदिश रेग्मीका अनुसार पहिरोले १०–१५ मिटर सडक अवरुद्ध बनाएको छ ।

डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालय लमजुङले एस्काभेटरको सहयोगले सडक खुलाउने प्रयास गरेको आयोजनाका प्रमुख अच्युतबिलास पन्तले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?