काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको तेस्रो विस्तारित बैठकमा कुटाकुट भएपछि प्रहरी बोलाइएको छ । केन्द्रीय समितिलाई पूर्णता दिन बोलाइएको बैठकमा उपाध्यक्ष पवन कार्की समूहलाई बेवास्ता गरिएको भन्दै हो–हल्ला गरिएपछि बैठकस्थलमा कुटाकुट भएको हो ।
नेतृत्व चयनप्रति असन्तुष्ट रहेका समूहले बैठक हलमा विधि विधान लागु गर भन्दै नाराबाजी समेत भएकाे थियाे ।
सो घटनालगत्तै प्रहरी बोलाएर स्थितिलाई सामान्य बनाइएको अध्यक्ष पञ्चा सिंहले जानकारी दिनुभयो ।
आफूनिकटलाई मात्रै केन्द्रीय समितिमा पारेको तथा पदाधिकारी चयन गरेको भन्दै कार्की समूहले बैठकमा नाराबाजी गर्दै फ्रयाक्सन इन्चार्ज हितमान शाक्यको राजीनामासमेत माग गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच