बुटवलमा बिरामीको सुरक्षा समिक्षा तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

Read Time = 8 mins

-चन्द्रकान्त खनाल
रुपन्देही । स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको आयोजनामा बुटबलमा बिरामीको सुरक्षा समिक्षा तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेशभित्रका अस्पताल आयुर्वेद अस्पताल लगायतका क्षेत्रका चिकित्सक नर्स तथा प्यारामेडीक्सहरुलाई उपचारमा आउँदा ‘बिरामीको सुरक्षा कसरी हुन्छ भन्ने बिषयमा समिक्षा तथा गरिएको हो ।

बिरामीको सुरक्षा समिक्षा तथा अभिमुखीकरण कार्यक्रमको लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिब डा बिकास देबकोटाले उदघाटन गर्नु भयो । उदघाटन कार्यक्रममा बोल्दै सचिब डा देबकोटाले पछिल्लो समयमा बिरामीहरुको सुरक्षा विश्वव्यापीरुपमा चुनौति बनिरहेको बेला सामाजिक उत्तरदायित्व अन्तर्गत मन्त्रालयले लुम्बिनी प्रदेशमा पहिलो पटक यस्तो कार्यक्रम सुरु गरेको बताउनु भयो । सचिव देबकोटाले अस्पतालमा आउने बिरामीलाई हाम्रो कारणले समस्या नहोस त्यो तरिकाले कामगर्न कार्यक्रममा सहभागी सबैलाई निर्देशन समेत गर्नु भयो ।

अस्पतालमा भर्ना हुनेमध्ये एक बिरामीमा नकारात्मक असर पर्ने जसको असर सामान्यदेखि मृत्युसम्म हुने गरेको छ । अधिकांश समयमा गलत संक्रमण देखिने, गलत शल्यक्रिया हुने, गलत औषधि प्रयोगका लागि निर्देशन हुने, औषधिको मात्रा बढि हुने, अस्पतालभित्र चोटपटक लाग्ने जस्ता कुराहरु हुने गरेको भन्दै डा देबकोटाले बिरामीको सुरक्षाका यस्ता बिषयमा आवश्यक नीति र प्रक्रिया अनुसार काम गर्नु पर्ने वताउनु भयो । उहाँले स्वास्थ्यकर्मीहरुको लागी यि र यस्ता कार्यक्रमको लागी बजेट बिनियोजन गरेको बताउनु भयो ।

कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशक डा बिनोद गिरीले अस्पतालमा उपचारर्थ आउने बिरामीलाई हाम्रो कारण हामै बोली ब्यवाहरले समस्या भएको छ कि भन्ने तरिकाले उपचारमा संग्लन चिकित्सक तथा स्वास्थ्यकर्मिहरुको ध्यान जान आबश्यक रहेको वताउनु भयो। उहाले अबस्था मापन गर्न आफुपहिले सुधारिनु पर्ने समेत बताउँदै यस्ता कृर्याकलाप बाट मृत्युदर समेत बढने भएकोले सचेत पुर्वक कामगर्न आग्रह गर्नु भयो ।

स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका नीति तथा कार्यक्रम महाशाखा प्रमुख राजेन्द्र पन्थीले बिरामीको सुरक्षाको लागि डव्लु एचओ तथा नेपाल सरकारको प्रोटोगल अनुसार उपचार गर्नु पर्ने बताउनु भयो । उहाँले बिरामीको सुरक्षा अस्पतालमा आउँदा महत्वपूर्ण कुरा हुने समेत बताउनु भयो । सहभागीहरुलाई स्वास्थ्यजनसंख्या तथा परिवार कल्याण मन्त्रालय आयुर्वेद महाशाखा प्रमुख बरिष्ठ चिकित्सक डा पुष्प राज पौडेलले सहभागीलाई प्रशिक्षण दिनु भएको थियो ।

स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयकी बरिष्ठ नर्सिड अधिकृत नेहा थापाले बिरामीको स्वास्थ्यमा प्रभाव पार्ने क्रियाकलापहरुबारे जान्न र अस्पताललाई पूर्णरुपमा सुरक्षित बनाउन सकिन्छ भन्ने उदेश्यले कार्यक्रम आयोजना गरीएको वताउनु भयो ।
कार्यक्रममा प्रदेशका १२ जिल्लाका अस्पतालका प्रमुख आयुर्वेद अस्पतालका प्रमुख नर्सिड अधिकृत तथा अन्य स्वास्थ्यकर्मिहरु सहभागी रहेको थियो।

बिरामी सुरक्षा भनेको के हो ?

रोगी सुरक्षा एक स्वास्थ्य हेरचाह अनुशासन हो जुन स्वास्थ्य सेवा प्रणालीमा विकसित जटिलता र स्वास्थ्य सेवा सुविधाहरूमा रोगी हानिको परिणामस्वरूप वृद्धिको साथ देखा पर्यो। यसले स्वास्थ्य सेवाको प्रावधानको क्रममा बिरामीहरूलाई हुने जोखिम, त्रुटि र हानिलाई रोक्न र कम गर्ने लक्ष्य राख्छ। अनुशासनको आधारशिला त्रुटि र प्रतिकूल घटनाहरूबाट सिक्ने आधारमा निरन्तर सुधार हो ।

गुणस्तरीय अत्यावश्यक स्वास्थ्य सेवाहरू प्रदान गर्न बिरामीको सुरक्षा आधारभूत छ। वास्तवमा, विश्वभर गुणस्तरीय स्वास्थ्य सेवा प्रभावकारी, सुरक्षित र जनकेन्द्रित हुनुपर्छ भन्नेमा स्पष्ट सहमति छ। साथै, गुणस्तरीय स्वास्थ्य सेवाका फाइदाहरू प्राप्त गर्न स्वास्थ्य सेवाहरू समयसापेक्ष, समतामूलक, एकीकृत र प्रभावकारी हुनुपर्छ ।

बिरामी सुरक्षा रणनीतिहरूको सफल कार्यान्वयन सुनिश्चित गर्न; स्पष्ट नीतिहरू, नेतृत्व क्षमता, सुरक्षा सुधारहरू ड्राइभ गर्न डेटा, दक्ष स्वास्थ्य सेवा पेशेवरहरू र तिनीहरूको हेरचाहमा बिरामीहरूको प्रभावकारी संलग्नता, सबै आवश्यक छ।

हानीको बोझ

असुरक्षित र गुणस्तरहीन स्वास्थ्य सेवाका कारण हरेक वर्ष लाखौं बिरामीहरू घाइते वा मृत्यु हुने गर्छन्। स्वास्थ्य सेवासँग सम्बन्धित धेरै चिकित्सा अभ्यासहरू र जोखिमहरू बिरामीको सुरक्षाको लागि प्रमुख चुनौतीहरूको रूपमा देखा परिरहेका छन् र असुरक्षित हेरचाहको कारणले हानीको बोझमा महत्त्वपूर्ण योगदान पु-याउँछन् । तल केही बिरामी सुरक्षा अवस्थाहरू छन् जसले सबैभन्दा चिन्ताको कारण बनाउँछ ।
औषधि त्रुटिहरू स्वास्थ्य सेवा प्रणालीहरूमा चोटपटक र बच्न सकिने हानिको प्रमुख कारण हुन्छन विश्वव्यापी रूपमा, औषधि त्रुटिहरूसँग सम्बन्धित लागत वार्षिक रूपमा ४ बिलियन अनुमान गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?