भिजी इम्पेक्स र एभरेष्टबीच सम्झौता

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । भिजी इम्पेक्स प्रालि नेपालमा जिडब्लुएम सवारी साधनको आधिकारिक बिक्रेताले वित्तीय व्यवस्थापनका लागि एभरेष्ट बैंकसँग सहकार्य गरेको छ । सवारीसाधन हाभल जोलायन, हाभल एच ६, पावर र विंगल र इलेक्ट्रिक गाडी ओरा ३ लगायतका विभिन्न प्रकारका सवारी साधनको (फाइनान्सिङ सुविधाका लागि सम्झौता गरेको हो ।

सम्झौतापत्रमा भिजी इम्पेक्स, जिडब्लुएम नेपालका भाइस-प्रेसिडेन्ट रूपेश शर्मा भट्ट र र एभरेष्ट बैंकका उपमहाप्रबन्धक गौरव कुमारले हस्ताक्षर गर्नुभएको छ । जिडब्लुएमका कुनै पनि सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई सहज रिटेल फाइनान्सिङ अनुभव प्रदान गर्नेे उद्देश्यका साथ सहकार्य गरिएको कम्पनीले जनाएको छ ।

सम्झौताअनुसार जिडब्लुएम सवारी साधनका ग्राहकले प्रतिस्पर्धी ब्याजदर, डाउन पेमेन्ट र कर्जा अवधिसहित विभिन्न प्याकेज सुविधा पाउनेछन् । एभरेष्ट बैंकले अधिकतम् सात वर्षको अवधिका लागि उत्कृष्ट ब्याजदरसहितको अधिकतम् ८० प्रतिशत ऋण उपलब्ध गराउनेछ । तीन वर्षसम्मको कर्जा अवधिका लागि न्यूनतम् ब्याजदर १०.८० प्रतिशत रहनेछ । जिडब्लुएमका इलेक्ट्रिक गाडीका लागि भने ११.३० प्रतिशतको ब्याजदर रहनेछ भने आइसी मोडलका गाडीका लागि ११.८० प्रतिशतको ब्याजदर रहनेछ ।

जिडब्लुएमका इलेक्ट्रिक गाडीको लोन-टु-भ्यालु/बैंक फाइनान्समा ५० प्रतिशतसम्मको लगानीमा ब्याजदरमा थप ०.५० प्रतिशत छुट हुने कम्पनीले जनाएको छ । ग्राहकले अटो कर्जाका लागि आवश्यक कागजातसहित नजिकैको एभरेष्ट बैंक शाखामा गएर आवेदन दिन सक्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?