![नेशनल प्याथ ल्याब बुटवल र एनपीएल काठमाडौंका प्रयोगशाला आइएसओ प्रमाणीकरण](https://ehimalayatimes.com/wp-content/uploads/2024/04/butwal-press-meet.jpg)
चितवन । प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलमा कोशी फाइनलमा प्रवेश गरेको छ । चितवनको भरतपुरमा बिहीबार भएको पहिलो सेमिफाइनलमा कर्णालीलाई हराउँदै कोशी फाइनलमा प्रवेश गरेको हो ।
भरतपुर महानगरपालिकास्थित गेस्ट हाउस चौरमा भएको खेलमा कोशीले कर्णालीलाई ३-१ को सेटमा हरायो । पहिलो सेट २५-२१ ले हारेको कोशीले दोस्रो सेट २५-१९ ले जित्यो भने तेस्रो सेटमा २५-१६ ले जित्यो । चौथो सेटमा उसले २५-२० को जित हासिल गर्यो । अब कोशीले स्वर्णका लागि गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबीचको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
फाइनल खेल शुक्रबार बिहान ८ बजे हुने आयोजक बागमती प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ । कोशी समूह ‘ए’ को विजेता हुँदै सेमिफाइनल पुगेको हो भने कर्णाली समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनल पुगेको हो ।
बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले संयुक्तरूपमा आयोजना गरेको प्रतियोगिताको उद्घाटन आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको थियो । प्रतियोगिताअन्तर्गत महिला क्रिकेट शनिबार नै सुरु भएको थियो भने अन्य खेलको प्रतिस्पर्धा सोमबारबाट सुरु भएको थियो । पुरुष क्रिकेट चैत २८ गतेदेखि सुरु भएको छ । प्रतियोगिताको समापन समारोह गौरीटार रंगशाला हेटौंडामा वैशाख २ गते हुनेछ ।
प्रतियोगितामा करिब दुई हजार खेलाडी तथा अफिसियल सहभागी भएका छन् । प्रतियोगितामा १३६ स्वर्ण, १३६ रजत र १८४ कांस्यका लागि प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिताका स्वर्ण विजेताले पाँच हजार, रजतले चार हजार र कांस्य विजेता खेलाडीले तीन हजार रुपैयाँ हात पार्नेछन् ।
हरेक खेलका उत्कृष्ट खेलाडीलाई १० हजार नगदबाट पुरस्कृत गरिनेछ भने टिम च्याम्पियनलाई चाँदीको रनिङ शिल्ड प्रदान गरिनेछ । प्रतियोगिता सञ्चालन गर्न १२ करोड खर्च हुने आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच