काठमाडौं । राष्ट्रिय सभामा विद्यमान शासन व्यवस्था र निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने आवाज उठेको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बुधबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद खिमलाल देवकोटाले शासन व्यवस्था र निर्वाचन प्रणालीलाई सुधानर नगरे राजनीतिप्रति जनतामा निराशा बढ्न भएकाले परिवर्तन गर्नुपर्ने बताउनु भएकाे हाे ।
शासन व्यवस्था र निर्वाचन प्रणालीलाई सुधार नगरे स्थिति अकल्पनीय हुने भन्दै उहाँले एक व्यक्ति दुईपटक मात्र प्रधानमन्त्री बन्न पाउने, सांसद वा मन्त्री तीनपटक र दलको अध्यक्ष दुईपटक मात्र बन्न पाउने व्यवस्था गर्नुपर्ने मौखिक प्रस्ताव गर्नुभयाे ।
निर्वाचन प्रणाली सुधार्नुपर्ने बताउँदै उहाँले हालको समानुपातिक निर्वाचन प्रणालीलाई प्रत्यक्ष निर्वाचन प्रर्णालीमै समानुपातिक व्यवस्था गर्नुपर्ने बताउनुभयाे । विद्यमान समानुपातिक निर्वाचन प्रणाली खारेज गरेर प्रत्यक्षमै मिलाउनु पर्नेमा जोड दिदै उहाँले संघीय संसद सदस्य २७५ बाट घटाएर १६५ र प्रदेशसभा सदस्य ५५० बाट घटाएर ३३० सदस्य बनाउनुपर्ने बताउनुभयाे ।
अदालत, संवैधानिक निकाय, राजदूत, विश्वविद्यालयमा दलीय आधारमा गरिने नियुक्ति र सार्वजनिक संस्थानहरुमा पार्टी कार्यकर्ता भर्ती गर्ने कार्य पनि बन्द गर्नुपर्ने उहाँको प्रस्ताव छ ।
नागरिकका समस्या तत्कालै समाधान गर्ने संयन्त्र बनाउनुपर्ने भन्दै उहाँले सुशासनको प्रत्याभूति हुने भ्रष्टाचार निवारणको अभियान चलाउनुपर्ने बताउनुभयाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच