नेपाली क्रिकेट टोली घोषणा

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । आइसिसी विश्वकप लिग-२ का लागि स्कटल्यान्ड र क्यानडासँग हुने एकदिवसीय अभ्यास सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले आइतबार १४ सदस्यीय टोलीको घोषणा गरेको हो । नेपाली टोलीमा बायाँहाते युवा स्पिनर बसिर अहमदलाई पहिलोपटक औपचारिकरूपमा समेटेको छ । वैशाखमा जिम्बाबे ‘ए’ सँग भएको टी-२० र एकदिवसीय अभ्यास खेल बसिरले नेपालबाट खेलिसक्नुभएको छ । तर, जिम्बाबे ‘ए’ सँगको खेलमात्रै भएको हुनाले उहाँ पहिलोपटक औपचारिकरूपमा नेपाली टोलीमा पर्नुभएको हो ।

घोषणा टोलीमा युवा अलराउन्डर पवन सर्राफले पुनरागमन गर्नुभएको छ । यसअघि टोलीमा रहनुभएका स्पिनर सागर ढकाल, सुशान भारी र ओपनर सुनिल धमला भने टोलीबाट बाहिरिनुभएको छ ।

नेपालको टोलीमा सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन सर्राफ र विनोद भण्डारी (विकेटकिपर) रहनुभएको छ ।

स्कटल्यान्ड, नेपाल र नामिबियाबीच त्रिकोणात्मक ओडिआई सिरिज हुनेछ । नेपाल १६ खेलमा सातमा जित, आठमा हार र एक खेलमा टाइका साथ १५ अंक जोड्दै पाँचौँ स्थानमा छ । त्यसअघि नेपालले पहिला क्यानडामा दुई एकदिवसीय खेल खेल्नेछ । भिसा आउन ढिलो भएका कारण क्यानडासँग हुने दुई टी-२० आई खेल भने नहुने पक्का भएको छ । नेपाल मंगलबार बिहान क्यानडातर्फ लाग्नेछ ।

असार २० मा क्यानडाविरुद्ध नेपालको पहिलो एकदिवसीय खेल हुनेछ । असार २१ मा नेपालले क्यानडाविरुद्ध दोस्रो अभ्यास खेल खेल्दै शृंखलाको अन्त्य गर्नेछ । त्यसपछि नेपाल स्कटल्यान्ड भ्रमणमा निस्कनेछ । स्कटल्यान्डमा नेपालले असार २७ गते पहिलो र असार २९ गते दोस्रो खेल नामिबियासँग खेल्नेछ । असार ३२ गते पुनः नेपालले नामिबिया र साउन १ गते स्कटल्यान्डसँग दोस्रो खेल खेल्दै शृंखलाको अन्त्य गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?