संघीयता कहिलेसम्म हो थाहा छैन : सचिव झाँक्री

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । नेकपा (एकीकृत समावादी) की सचिव रामकुमारी झाँक्रीले अहिलेको राजनीतिले संघीयता बचाउन नसक्ने बतानुभएको छ ।

बिहीवार काठमाडौंमा नेपाली काँग्रेसका नेता स्व. प्रदीप गिरीको स्मृति सभामा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संघीयता सबलीकरणका लागि शासकीय स्वरुप वा निर्वाचन प्रणाली फेर्न जरुरी रहेको बताउनु भयो । उहाँले शासकीय स्वरुप र निर्वाचन प्रणाली नफेरिकन कतै नपुगिने दाबी गर्नुभयो । उहाँले संघीयताले पूर्णता पाउने कुरामा आफू विश्वस्त नरहेको भन्दै संघीयता कहिलेसम्म हो भन्नेकुरामा शंका रहेको बताउनु भयो ।

उहाँले स्थानीय तहलाई जवाफदेही बनाउन आवश्यक रहेको पनि बताउनु भयो । उहाँले समानुपातिक र प्रत्यक्ष निर्वाचित गरी २७५ जना सांसद चुनिसकेपछि राष्ट्रिय सभामा फेरि ५९ जना किन चाहियो भन्ने प्रश्न गर्नुभयो । उहाँले राष्ट्रिय सभामा ५९ जना कायम राख्ने हो भने समानुपातिक प्रणाली हटाउनुपर्ने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले कि शासकीय स्वरुप फेरौँ, कि हामीले निर्वाचन प्रणाली फेरौँ वा हामीले निर्वाचन, कानूनमा केही न केही फेरौँ । केही पनि नफेरिकन हामी कतै पुग्दैनौँ । संघीयता कसरी बाँच्छ, यसले पूर्ण खोप पाउँछ की पाउँदैन म भन्न सक्दिन । यो राजनीतिले कसरी बचाउला यो संघीयता ? यो बच्चाले ९ महिनासम्मको पूर्ण खो पाउँछ की पाउँदैन ? त्यसपछिको बुस्टर डोज त म भन्नै सक्दिन । स्थानीय तहलाई जवाफदेही बनाउनै पर्छ, केही कानूनहरुको कमी छ । शासकीय स्वरुपहरुको सम्बन्धमा वा निर्वाचन प्रणालीको सम्बन्धमा ४० र ६० प्रतिशतको जुन मिश्रित निर्वाचन प्रणाली हो यसलाई पनि हेर्नुपर्छ । समानुपातिक र प्रत्यक्ष निर्वाचित गरेर जुन २७५ जनाको सदस्य बनाएका छौँ, राष्ट्रिय सभा फेरि यो ५९ जना किन बनाएको हो ? ५९ जना कायम राख्छौँ भने तल्लो सदनको समानुपातिक हटाउनै पर्छ ।’

सचिव झाँक्रीले निर्वाचनको थ्रेस होल्ड बढाउनुपर्ने बताउनु भयो । नेपालका ४० लाख मानिसहरु विचौलियाको धन्दा गरेर जीविकोपार्जन गर्ने गरेको दाबी गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?