आज आइसक्रिम दिवस

Read Time = 1 min

काठमाडौं । इट वेल-इट हृयाप्पी भन्ने नाराका साथ नेपाल आइसक्रिम उद्योग व्यवसाय संघले यस वर्ष विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय आइसक्रिम दिवस मनाउने भएको छ । हरेक वर्ष फागुन २० गते मनाइने राष्ट्रिय आइसक्रिम दिवस यस वर्ष आइसक्रिमको प्रचारप्रसारका साथै जनचेतनामूलक कार्यक्रम गरी देशव्यापीरूपमा मनाउन लागिएको संघका सचिव प्रशान्त घिमिरेले जानकारी दिनुभयो ।

यस वर्ष ‘इट वेल-इट हृयाप्पी’ मूल नारासहित राष्ट्रिय आइसक्रिम दिवस मनाउन लागिएको घिमिरेले बताउनुभयो । कोरोनापछि धरासायी भएको आइसक्रिम उद्योगलाई पुरानै लयमा फर्काउन राष्ट्रव्यापीरूपमा आइसक्रिम दिवस मनाउन लागिएको उहाँले जानकारी गराउनुभयो । संघमा १२० आइसक्रिम उद्योग आबद्ध रहेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?