उदयपुर सिमेन्ट उद्योगको विद्युत लाइन काटियो

हिमालय टाइम्स
Read Time = 2 mins

-सरोज निरौला

उदयपुर । सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको विद्युत काटिएको छ । नियमित भुक्तानी गर्नु पर्ने रकम समयमै नतिर्दा विद्युत काटिएको नेपाल विद्युत प्राधिकरण गाईघाट शाखाले जनाएको छ ।

नेपाल विद्यूत प्राधिकरण गाईघाट शाखा प्रमुख विजयबाबु खत्रीकाअनुसार ७ करोड ९४ लाख बढी विद्युत महशुल बुझाउन बाँकी देखिएकोले विद्युत लाइन काटिएको हाे ।

प्रदेश र केन्द्रसँगै समन्वय गरेर विद्युत लाइन काटिएको शाखा प्रमुख खत्रीले जनाउनुभयाे । विच विचमा रकम भुक्तानी गर्दै गएपनि अपुरो भुक्तानी गर्ने गरेकोले बाँकी ७ करोड ९४ लाख बढी रकम भुक्तानी गर्न बाँकी देखिन्छ ।

नेपाल विद्युत प्राधिकरण विद्युत महशुल संकलन विनियमावली २०७८ को विनियम १० अनुसार मिटर रिडिङ्ग गरेको ६० औं दिनसम्म विद्युत महशुल नबुझाएमा विना सूचना जुनसुकै समयमा लाइन काटिने व्यस्था रहेको छ । तर उदयपुर सिमेन्ट उद्योगले लामो समयदेखि बक्यौता नबुझाएको कारण विद्युत लाइन काटिएको छ ।

उद्योगले ट्रंक र डेडिकेटट लाइन बापत करिव ४२ करोड ३३ लाख बढी बक्यौता तिर्न बाँकी देखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?