जनतालाई स्वच्छ खानेपानी दिनु राज्यको दायित्व हो : विक्रम खनाल

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी । नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री एव संविधान सभा सदस्य बिक्रम खनालले जनतालाई स्वच्छ खानेपानी दिनु राज्यको दायित्व भएको बताउनु भयो ।

नेपालको संविधान २०७२ को भाग ३ को धारा ४४ मा उपभोक्तको हक सम्बन्धि गरिएको व्यवस्था अनुसार गुणस्तर बस्तु तथा सेवाको हक हुने व्यवस्था गरेको बताउनु भयो । पन्चनगर खानेपानी तथा सरसफाइ सस्थाको १२ औं साधारण सभालाई सम्बोधन गर्दै उहाँले खानेपानीका बिषयमा सरोकारवाला पक्षहरु गम्भीर भइ उपभोक्तको माग अनुसार २४ सै घण्टा शुद्ध खानेपानीको व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा बिशिस्ट अतिथि लुम्बिनी प्रदेशका प्रदेश सदस्य बिश्वप्रेम पाठक खानेपानीको बिषयमा अत्यन्तै सबेदशिल भएकाले उपभोक्तलाई स्वस्च्छ र गुणस्तर हुने पर्ने बताउनु भयो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय लुम्बिनी प्रदेशका प्रमुख गुणनिधी पोखरेलले पन्चनगर खानेपानी सस्थाले माग अनुसार नया संरचनाको डिपिआर गरिएको बताउनु भयो । नया संरचना अनुसारको डिपिआर गरिसकेका बताउँदै उहाँले हाल बजेट अभावका कारण डिपिआर अनुसार टंकीको ठेक्का गर्न नसकिएको बताउनु भयो ।

बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठ, नेपाली काङ्ग्रेस क्षेत्र १ का क्षेत्रीय सचिब बालिन्द्र बिक्रम शाही, नेकपा एमाले बर्दघाट नगर अध्यक्ष रविन्द्र विक्रम हमाल बर्दघाट १० का वडा अध्यक्ष राजु मिश्रलगायतले बोल्दै उपभोक्तको इच्छा र आकाक्षा अनुसार गुणस्तर पानी नियमित पानी आपूर्ति गर्नु पर्ने आजको आवश्यकता रहेको धारणा राख्नु भएको छ । कार्यक्रममा सस्थाका अध्यक्ष यमबहादुर क्षेत्रीले अध्यक्षको प्रतिवेदन पेस गर्दै आगामी आर्थिक बर्षका लागि भावी कार्य योजना प्रस्तुत गर्नु भएको छ । सचिव शरद पौडेल र कोषाध्यक्ष सृजना थापाको आर्थिक प्रतिवेदन पारित भएको छ ।

कार्यक्रममा अध्यक्ष यमबहादुर क्षेत्रीको अध्यक्षतामा, उपाध्यक्ष राम नारायण चौधरीको स्वागत र सचिब शरद पौडेलको संचालन रहेको छ । ल २ हजार २ सय ८३ जना घर धुरुमा धारा जडान रहेका छन । उक्त अवसरमा उत्कृष्ट कर्मचारीको रुपमा प्राबिधिक सहायक निम नारायण चौधरी र जग्गा दाता सुर्य प्रकाश अधिकारी सम्मान गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?