विद्यालय शिक्षासम्बन्धी विधेयकमा असन्तुष्टि जनाउँदै शिक्षक महासंघ धर्नामा (तस्वीरमा हेर्नुहोस्)

सुरेन्द्र थापा
Read Time = 4 mins

काठमाडौं । सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले आजदेखि काठमाडौँको माइतीघर मण्डलामा धर्ना सुरु गरेको छ ।

नेपाल शिक्षक महासंघले बिगतका सहमती र सम्झौता कार्यन्वयन नभएको र बर्तमान ऐनमा आफ्ना हक र अधिकारहरु कुण्ठित भएको जनाउँदै देशभरका विद्यालय बन्द गर्दै विधालयहरु अनिश्चित कालिन रुपमा बन्द गर्दै आफ्ना आन्दोलन अघि बढाएको छ ।

महासंघले पटक पटकको सहमति नगरी सरकार आफ्नो जिम्मेवारीबाट पन्छिएको भन्दै आन्दोलन रहर नभई बाध्यता भएको जनाएको छ ।

असोज ३ संविधान दिवसको दिन पारेर शिक्षक कर्मचारीहरुले अनिश्चित कालिन काठमाडौं केन्द्रित आन्दोलन अघि सारेका छन् । यसबाट बालबालिकाहरु आफ्नो पढ्न पाउने अधिकारबाट बन्चित हुने भएकाले सरोकारवाला सबैले समय मै सोच्न जरुरी छ ।

संघीयता कार्यन्वयनको क्रममा आएको समस्याहरुलाई वार्ताको माध्यमबाट छिटो भन्दा छिटो समाधान गर्न सरकार र सम्बद्ध निकायहरु अग्रसर हुनु जरुरी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?