-निरोज कोइराला
भोजपुर । आप्रवासी श्रोत केन्द्र भोजपुरले जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरुसँग सुरक्षित बैदेशिक रोजगारका विषयमा अभिमुखीकरण गरेको छ । दैनिक बैदेशिक रोजगारको सिलसिलामा बिदेशिनेक्रम बढी रहँदा अपनाउनु पर्ने बिषयहरुका बारेमा विद्यार्थी र शिक्षकहरुसँग अभिमुखीकरण गरिएको हो ।
नेपालको श्रम बजारमा बार्षिक ५ लाख बढी युवाहरु रोजगारीका लागि श्रम बजारमा प्रवेश गर्ने गरेको भए पनि उनीहरु सवैमा सुरक्षित बैदेशिक रोजगारका बारेमा ज्ञान नहुदाँ कति पय समस्याहरु भोग्नु परेको भोजपुर नगरपालिका आप्रवासी श्रोत केन्द्र भोजपुरका सूचना अधिकृत खगेन्द्र खडकाले बताउनु भयो । विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरुसँग यस विषयमा अभिमुखीकरण गर्दा त्यसमा सिकेका कुराहरु समाजमा समेत पुग्ने भएकाले यो प्रभावकारी हुने खड्काको भनाई रहेको छ ।
जिल्लाको यसोधरा मावि टक्सार र सिद्धेश्वरमा माविका बिद्यार्थी र शिक्षकहरुसँग अभिमुखीकरण गरी सकेको श्रोत केन्द्रले बुधवार मात्र विद्योदय मावि भोजपुरका शिक्षकहरुसँग सुरक्षित बैदेशिक रोजगारका लागि अपनाउनु पर्ने सावधानीका बिषयमा अभिमुखीकरणका साथै अन्तरक्रिया गरेको छ । करिव ३० जनाको सहभागिता रहेको कार्यक्रममा नेपालमा श्रम प्रवासनको इतिहास, श्रम स्वीकृति, श्रम सम्झौता, बिप्रेषण लगायतका विषयमा सूचना अधिकृत खड्काले अभिमुखीकरण गर्नुभयो ।
सीप नजान्दा बिदेश गएका नेपालीहरु कामबाट बञ्चितसमेत हुनु परेको बनाउँदै सूचना अधिकृत खड्काले करिव ७४ प्रतिशत अदक्ष कामदार बैदेशिक रोजगारीमा जाने गरेको बताउनु भयो । स्वदेशमा नै रोजगारीको श्रृजना हुन नसक्ने भएकाले बैदेशिक रोजगारमा जानु पर्ने बाध्यता भए पनि सुरक्षित आप्रवासका बिषयमा सचेत हुनु पर्ने खड्काले बताउनुभयो । खड्का भन्नुभयो, 'श्रमबजारमा बार्षिक ५ लाख युवाहरु आउने गरेता पनि उनीहरुलाई स्वदेशमा नै काम दिन संभव देखिदैन, बैदेशिक रोजगार नचाहेर पनि अनिर्वाय जस्तै भएको छ ।' हाल दैनिक १ हजार बढी श्रम स्वीकृति लिएर बैदेशिक रोजगारीमा जाने गरेका छन् ।
बैदेशिक रोजगारीका लागि स्वीकृत देशहरु एक सय १० वटा रहेकाले ती देशहरु भन्दा बाहिर पनि कतिपय जाने गरेको अवस्थाका कारण समस्या देखिने गरेको खड्काले बताउनु भयो । कार्यक्रममा सहभागी शिक्षकहरुले बैदेशिक रोजगारमा जादाँ अपनाउनु पर्ने सावधानी लगायतका बिषयमा सवैलाई बुझाउन जरुरी रहेको बताउनुभयो । शिक्षक खोमराज धमलाले सुरक्षित बैदेशिक रोजगारका बिषयमा टोल समाजलाई जानकारी गराउन शिक्षकहरुले समेत महत्वपूर्ण भुमिका निर्वाह गर्नु पर्ने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच