तोकिएकै समयमा बैठकमा उपस्थित हुन मन्त्रीहरूलाई राष्ट्रिय सभाका अध्यक्षको रुलिङ

Read Time = 1 min

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाको बैठकमा समयमै उपस्थित हुन मन्त्रीहरूलाई रुलिङ गर्नुभएको छ।

शुक्रबार बसेको राष्ट्रिय सभा बैठकको सुरुमै अध्यक्ष तिमिल्सिनाले मन्त्रीहरूलाई समयमै बैठकमा उस्थित हुन रुलिङ गर्नुभएको हो।

‘संविधानले सरकारका मन्त्रीहरूलाई सामूहिक र व्यक्तिगत रुपमा संघीय संसद्प्रति उत्तरदायी हुने व्यवस्था गरेको छ । सदनमा उपस्थित भई आफ्नो मन्त्रालयसँग सम्बन्धित् कार्यसूची अघि बढाउन मद्दत गर्नु, सदनमा उठेका प्रश्नको जवाफ दिनु सम्बन्धित् मन्त्रीहरूको जिम्मेवारी हो ।

लोकतान्त्रिक प्रणालीमा सार्वजनिक जवाफदेहिताको विशेष महत्व हुन्छ,’ मन्त्रीहरूलाई रुलिङ गर्दै अध्यक्ष तिमिल्सिनाले भन्नुभभयो, ‘तसर्थ म नेपाल सरकारका मन्त्रीहरूलाई राष्ट्रिय सभाको बैठकमा तोकिएको ठिक समयमा उपस्थित भई सदनमार्फत जनताप्रति जवाफदेही बन्न रुलिङ गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?