राज्य, राजनीति र राजनेता

प्रा. डा. कुलप्रसाद कोइराला
Read Time = 18 mins

उपनिवेश र यसका प्रकार :
‘राजश्री दीप्तौ’ भन्ने धातुबाट राजनीति शब्द व्युत्पादन हुन्छ । रन्ज् धातुबाट राजा बन्छ (जनान् रन्जयतीति) मान्छेलाई रमाइलो गराउने अनेकौं प्रकारका सम्भावनाका ढोका खोल्ने भन्ने अर्थमा ‘राजा’ शब्द बनेको देखिन्छ । त्यसको नीतिभन्दा राजश्री दीप्तौ धातुबाट राजनीति शब्दको व्युत्पादन भएको हुन्छ । यो समस्त शब्द हो । राजसु नीति राजनीति भएको देखिन्छ । ‘राज्ञ नीति’ राजनीति अर्थात् राज्यले अवलम्बन गर्ने प्रमुख नीतिको सञ्जाल हो राजनीति । संसारमा खासगरी राजतन्त्रबाट राजनीति सुरु भएको मानिन्छ । त्यसको अवशेष बेलायत, जापान र कतिपय स्केन्डेनिवियन देशमा रहेको अहिले पनि देखिन्छ ।

पौरस्त्य जगत्का पहिला भनिएका राजा मनुले राज्यमा शान्ति कायम गर्न गरेका प्रयत्नको दस्ताबेज नै त मनुस्मृति हो । पूर्वपश्चिम दुवैतिर राज्यका मूलतः त्वभनेर यिनै चार कुराको संकेत भेटिन्छ-निश्चित भूभाग, जनता, सरकार र सार्वभौमिकता जस्ता चारवटा कुरा यसका महनीय कुरा हुन् । राज्य निर्माणका निमित्त भूमि र जनता सबैभन्दा प्राथमिक कुरा हुन् । शब्दमा संसारका सबै सरकार सार्वभौम हुन्छन् भन्ने मानिए पनि आजका विश्वमा नेपालजस्ता साना र विकासोन्मुखतातिर पनि राम्ररी लाग्न नसकेका देशमा सरकार कुनै न कुनै दृश्य या अदृश्य, स्वदेशी या विदेशी शक्तिका इसारामा चलेका देखिन्छन् । निश्चित भूभागको रक्षा र सम्बद्र्धनका निमित्त गठन गरिने सरकार सार्वभौम भएन भने जनता हेपिन्छन्, राष्ट्र हेपिन्छ, थिचिन्छ ।

मेरा विचारमा नेपाल उपनिवेशमा कहिल्यै परेन भन्ने कुरो सत्य होइन । उपनिवेश दुई प्रकारका हुन्छन् । भाषिक सांस्कृतिक र शासन सत्तात्मक । भाषिक संस्कृतिक उपनिवेश दीर्घकालिक हुन्छ । जनताका संस्कार संस्कृति, बोली र सभ्यतासम्मै पनि यसले प्रभाव पारेको हुन्छ । भारतमा बेलायती उपनिवेश कायम हुनुभन्दा पहिले लग्भग १ हजार ७ सयवटा गुरुकुल थिए । वराह मिहिर, भार्गवजस्ता खगोलभूगोलविद् यिनै गुरुकुलबाट उत्पादन भएका थिए ।

स्वतन्त्र देश भनेको त्यो देश हो जो आफ्ना भूभागमा आफ्ना आवश्यक्तालाई कसरी आपूर्ति गर्ने र कसरी आफ्ना सभ्यता संस्कृतिको सुदृढीकरण गर्ने भन्ने कुरामा आत्मनिष्ठ हुन्छ । भेष र भाषामा जातीय परिचय रहेको हुन्छ ।

लर्ड मेकाले जब भारतमा आए अनि अंग्रेजी शासनलाई दीर्घायुष्य प्रदान गर्न क्रमशः तीन काम गरिए :

१, शिक्षामा अंग्रेजी भाषा अनिवार्य (जसलाई त्यतिबेला भर्नाकुलर इंलिस) भन्ने नाम दिइयो ।

२, १०० मा सय नै नजानीकन नहुने पौरस्त्य मूल्यांकन प्रणालीलाई १०० मा ३० या त्यसभन्दा कम भए ग्रेड दिएर उत्तीर्ण घोषित गर्ने नीति अवलम्बन गरियो ।

३, धोती कुर्था या कमेज सुरुवालजस्ता स्थानीय परिधानलाई विस्थापन गरी त्यो स्थानमा सर्ट प्यान्ट, टाई, जुत्ता, मोजा आदि र विद्यालय परिसरमा आंल भाषामा नै बोल्नुपर्ने जस्ता कठोर नियम लगाइयो ।

यसरी आंल शासनसत्तामा रहेको उपनिवेशलाई दीर्घकालीक बनाइयो । किनभने शासनसत्ताको उपनिवेश ढिलोचाँडो हट्छ । भारतलगायत धेरै देश यसका उदाहरण छन् । नेपाल भारतलगायत दक्षिणपूर्वी एसियामा बेलायती उपनिवेश आज पनि जीवन्त रहेको छ । आजको नेपालमा शिक्षामा बेलायती उपनिवेश छ । लवाइखुवाइमा बेलायती उपनिवेश छ । हाम्रा घरमा चुलो चौको छैन । खाने बेलामा सिएका कपडा खोलेर शुद्ध धोती फेरेर खान बिर्सिसक्यौँ । मेचमा बसेर डाइनिङ टेबुलमा सकभर चम्चाले खान थाल्यौँ । यसबाट नेपाल अब मुक्त हुन सक्ला नसक्ला भन्न सकिने अवस्था छैन । हाम्रो संविधान क्रिश्चियनमैत्री बनाउनाको कारण यही नै हो । धार्मिक उपनिवेशमा अमेरिका पनि रहेको छ । भाषिक र व्यापारिक उपनिवेश चीनमा पनि छ ।

स्वतन्त्रता र पराधीनता :
स्वतन्त्रता भनेको निर्बन्धता होइन । स्वअनुशासन हो । यद्यपि आजको युगमा पहिलेको जस्तो आत्मनिष्ठता सम्भव हुँदैन । कमलकोटीको सिद्धान्त अवलम्बन गर्ने कम्युनिष्ट पनि आज विश्वसञ्जालमा बेरिँदा छन् । स्वतन्त्र देश भनेको त्यो देश हो जो आफ्ना भूभागमा आफ्ना आवश्यक्तालाई कसरी आपूर्ति गर्ने र कसरी आफ्ना सभ्यता संस्कृतिको सुदृढीकरण गर्ने भन्ने कुरामा आत्मनिष्ठ हुन्छ । भेष र भाषामा जातीय परिचय रहेको हुन्छ । जातीय परिचयका दृष्टिले भुटान र अरबी देशहरू अब्बल रहेका देखिन्छन् ।

चीनमा पनि भाषिक र परिधानीय उपनिवेश छ । चिनियाँ जति नै शक्तिशाली भए पनि अबका दिनमा व्यापार तथा भाषा र परिधानमा उसले बेलायती उपनिवेश स्वीकार गरिसकेको छ । ज्ञान र विज्ञान त्रिकाल सत्य र सार्वभौम अभिलक्षणका हुन्छन् । त्यसो भएको हुनाले यो जसले जहाँसुकैबाट लिएर आफूलाई शक्तिसम्पन्न र आनन्दमय जीवन जिउन सक्ने बनाउन सक्छ । यसलाई उपनिवेश भनिँदैन तर आफ्नापनको विकास कहिल्यै नगर्ने बरू भिक्षादाताकै निगाहमा बाँच्न गौरव गर्ने हाम्रा देशका कांग्रेस, कम्युनिस्ट र अन्य मधेसवादीका क्रियाकलाप भने आआफ्ना स्वमीभक्तिमा आश्रित रहेका देखिए । रवि लामिछाने जस्ताको पार्टी भने अहिले स्पष्ट भइसकेको छैन ।

यसले जति चाँडो प्रचारप्रसार पायो त्यसबाट पाएको सफलताका कारणले र रविको पूर्वपृष्ठभूमिका कारणले अधिकांश नेपाली बुद्धिजीवी सशंकित भएका पनि हुनसक्छन् । पौने शताब्दीदेखिका पार्टीको सफलताका अगाडि यसले प्रदर्शन गरेको चमत्कार बालीलाई रामचन्द्रका आडमा सुग्रीवले दिएको युद्धको लल्कार त होइन ? अहिलेको नेपालमा त युरोपियन युनियन, अमेरिका, भारत र चीनको साना कुरादेखि ठूला कुरासम्म बेलामौकामा हस्तक्षेप हो कि जस्तो देखिन्छ । यो अझै फैलने, मौलाउने र झांगिने सुअवसर आएको त होइन ?

नेपालका वामहरू चीनलगायत विश्वका कुनै पनि कम्युनिष्ट विचारका सम्पोषक तत्व हुन् । राजाले नेतृत्व गरेका पूर्वपञ्च यथास्थितिवादी कट्टर राजतन्त्रलाई पुनःस्थापना गर्ने शक्ति नै हुन् । कांग्रेस भारत अमेरिकापरस्त थियो र छ तर यसका ढुलमुले क्रियाकलापका कारण अहिले युरोक्रिश्चियनको चलखेल बढ्न लागेको आभास बौद्धिक समुदायले गरेका छन् । संसदीय प्रजातन्त्रमा वामका चापले सिर्जना गरेको अस्थिरताका कारणले युरोपियन धर्मवादी र अमेरिकन राजनीतिक प्रभाववादीले २०७९ को निर्वाचनलाई गज्जबले इस्तेमाल गरे भन्ने पनि एकथरीको विश्लेषण रहेको पाइन्छ । क्षेत्रीयताका नाममा उदाएका मधेसवादीका ठाउँमा परिचयै नखुलेका पुत्लेपांग्रे दलको, व्यक्तिको उपस्थिति युरोप अमेरिका र चीनका बलजोडमा भएको त होइन भन्ने आशंका निराधार पनि छ भन्न मिल्दैन ।

नेपाली कांग्रेसमै पनि युरोप, अमेरिका र भारतका पक्षमा सोच्ने मान्छेको कमी छैन भन्नेहरू पनि छन् । कांग्रेसमा चुनाव जितेर आएका कतिपय कोही भारतका इसारामा, कोही अमेरिकाका लगानीमा र कोही युरोपमा भएका भ्याटिकन सिटीका पोपका योजनामा जितेर आएका त होइनन् भनेर सतर्कतापूर्वक हेरिरहने बौद्धिक पनि भेटिन्छन् । यसरी हेर्दा जुन दिनदेखि नेपालको नापनक्सा स्थिर भयो त्यसै बेलादेखि नेपाली राजनीति आफ्ना डेगमा होइन अरूका डेगमा हिँडन लागेको हो भनेर ठोकुवा नै गर्ने पनि नभएका होइनन् । नेपालको जलसम्पदाको उपयोग, नदीनाला नियन्त्रण, जलविद्युत् आयोजनामा हुने लगानी, निर्णय र कतिपय आयोजनाको स्थगन एवं ढिलासुस्ती आदिमा यस खाले विद्वानहरू टिप्पणी गर्दछन् ।

वास्तवमा यी प्रक्रियालाई हेरेर राम्ररी केलाउँदा होइन भनेर ठाडै अस्वीकार गर्न सजिलो छैन । माओवादी आन्दोलन शुद्ध क्रिश्चियन आन्दोलन थियो । माधव नेपाल क्रिश्चियन थिए भने प्रचण्डादि त पूरापूर क्रिश्चियन डिजाइनमै हिँडेका थिए । पहिला योग्यताअनुसार काम लाउने जागिर दिने र पछि नेपालमा राजनीति गर्न पठाउने तिनको पुरानो बानीका अहिले नयाँ अनुहार रवि लामिछाने, सिके राउत र राप्रपामा घुसेका पनि केही छन् कि भन्ने शंका पनि निराधारै छ भन्न सकिँदैन । केही महिना या एकाद वर्षपछि यी आआफ्नै पेशा व्यवसायमा फर्कन्थे कि हाम्रा पुराना राजनीतिक दलका दलाली प्रवृत्तिका स्थानमा जनउत्तरदायी क्रियाकलाप आरम्भ भइदिए ।

केही राष्ट्रवादी स्वतन्त्रताप्रेमी कांग्रेस र एमाले दुवै पार्टीमा छन् । यिनको पार्टीमा केही चल्दैन निरीह भएर बसेका छन् । यसपटक जति पनि कांग्रेस र एमालेका पुराना नेता जितेर आए तिनले अकुत पैसामा मत किनेर आएका छन् । असल चरित्र भएका धन नभएका पनि कांग्रेस एमालेबाट केही आएका छन् तिनले यो कुरो बुझेर व्यापारी, विदेशका एजेन्ट, जीहजुरवादी, हैकमवादीका लहैलहैमा नलागीकन संगठित भएर देश जनता र विचारको भलाइका पक्षमा काम गरे एक दिन यी विदेशी नौटंकीवाजका दिन सकिएर विशुद्ध राष्ट्रवादी समूहहरू देखापर्न सक्नेछन् । तर, नेपालको अशिक्षा, बेरोजगारी र अथाह गरिबीका कारण राष्ट्रिय स्वाभिमान मरेर जाने पनि खतरा त्यत्तिकै छ ।

हाम्रा विश्वविद्यालय वैचारिक बिरुवा उमार्ने, बेरोजगारी पैदा गर्ने र भुसका थैला समाजमा, राष्ट्रमा आपूर्ति गर्ने बनाएर राखिएको छ किन ? किनभने स्वयं ज्ञानसम्पन्न भए भने नेपालका राजनीतिक दलका भरिया र सेना हुने छैनन् ।

भारतमा पढ्न जानेमध्ये ४५ जना जवाहरलाल नेहरू विश्वविद्यालयमा गएका नेपालमा आउँदा कोही जातिवादी विद्वान, कोही लिंगवादी विद्वान, कोही गुप्तचर विद्वान बनेर फर्केका भेटिन्छन् । भारतका दबाबमा यस्ताले प्रत्येक नयाँपुराना राजनीतिक पार्टीमा बेलामौकामा खैलाबैला मच्चाउने पनि गरेका छन् । यस दृष्टिले विहार विश्वविद्यालय (वि.एच.यु.) चाहिँ शुद्ध शास्त्रीय ज्ञानमात्रै प्रदान गर्ने शिक्षणालयका रूपमा देखापरेको छ । हाम्रा विश्वविद्यालय वैचारिक बिरुवा उमार्ने, बेरोजगारी पैदा गर्ने र भुसका थैला समाजमा, राष्ट्रमा आपूर्ति गर्ने बनाएर राखिएको छ किन ? किनभने स्वयं ज्ञानसम्पन्न भए भने नेपालका राजनीतिक दलका भरिया र सेना हुने छैनन् । शिक्षित व्यक्ति स्वयं रोजगारी उत्पादक केन्द्र हो ।

अतः राम्रो शिक्षा भयो भने उम्दो दिमाग देशमा बस्छ र विकास आदिका काम र योजना बनाउन दबाब दिनथाल्यो भने सुनौला नारा जो राजनीतिक दलका नाइके भनाउँदाहरू लाउँछन् त्यसको सुनुवाइ हुँदैन । अरूको सिलौटो पिठ्युँमा बोकेको पनि चाल नपाउने छन् जो जो तिनका दिन जान्छन् भन्ने तिनका प्रभुलाई भएको हुनाले देश दिनप्रतिदिन हरिकंकाल बनाइँदो छ र शैक्षणिक प्रतिष्ठानबाट सुगा उत्पादन गरिएको छ । यसरी हेर्दा हामी कोही कुनै कुरामा पनि स्वतन्त्र नै छैनौँ कि जस्तो पनि देखिँदोरहेछ ।

यो चुनावबाट जनताको सन्देश :
१, अबको पुस्ता इतिहासका कुरा होइन, भविष्य निर्माणमा विश्वास गर्छ र राजनीतिक दलका नेता सच्चिएर त्यता नलागे अर्कोपटक पूरै विस्थापन गर्ने छौँ भनेर सन्देश दिन चाहन्छ ।
२, आजको मान्छे काम बिगार्ने, सभ्यतासंस्कृति मास्ने, आर्थिक, सामाजिक र सांस्कृतिक भ्रष्टाचरण गर्नेलाई बाहिरै बसेर गाली गर्ने होइन त्यहीँभित्र प्रवेश गरेर जबरजस्त किसिमले हस्तक्षेप गर्न चाहन्छ ।
३, अबका दिन ठालुका होइनन् र पटक-पटक गल्ती गराउनेका पनि होइनन्, सक्रिय भएर योजना ल्याउने केही नयाँ गर्नेका हुन् ।
४, दलका नाममा दलदल बनाएर देशलाई सधैँ अभावग्रस्त अवस्थामा राख्नेलाई बिदा गर्ने भन्ने जनताको र युगको सन्देश बुझिन्छ ।
५, जसले यी ध्वनि बुझ्न सक्दैन अबका दिन त्यस्ताका लागि पनि होइन । नेपालमा धर्म र राजनीतिमा आफ्ना कुरा लाद्ने प्रयत्न भइरहेका छन् ।
६, नेपालका दुई छिमेकी र युरोप अमेरिका यसमा अग्रणी छन् । तिनलाई रेड कार्पेट ओच्छ्याएर बोलाएको हामीले नै हो । अतः ‘आब पछ्तौने होयत की ? चिडई चुनलक खेत’ यसको संकेत बुझ्नु आवश्यक छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?