आयोजक नेक्सस सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । आयोजक नेक्सस क्रिकेट एकेडेमी यु-१६ नेक्सस कप टी-२० क्रिकेट सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेको छ । नेक्सस समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । बागमती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा भएको प्रतियोगितामा नेक्ससले आस्था कलेज, झापालाई १५ रनले पराजित गर्‍यो । यसअघि नेक्ससले ओसिसलाई हराएको थियो । सहभागी १२ टिमलाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट विजेता सिधै सेमिफाइनलमा पुग्ने प्रावधान छ ।

पहिले ब्याटिङ गरेको नेक्ससले वर्षाका कारण छोट्याइएको निर्धारित १३ ओभरमा आठ विकेटको क्षतिमा ७८ रनको योगफल तयार ग¥यो । नेक्ससका सार्थक धितालले ३१ बलमा दुई चौका र दुई छक्काको मद्दतमा ३६ रन जोड्नुभयो । ‘म्यान अफ द म्याच’ नेक्ससका सन्दिप विष्टले १५ बलमा १८ रन बनाउनुभयो । उहाँले दुई चौका प्रहार गर्नुभयो । बलिङमा सन्दिपले दुई विकेट पनि हात पार्नुभयो । आस्थाका दिभ्यम एडले तीन विकेट झार्नुभयो ।

प्रत्युत्तरमा आस्था १३ ओभरमा सात विकेट गुमाउँदै ६३ रनमा खुम्चियो । आस्थाका भूपालकुमार डंगोलले १९ बलमा १६ रन जोड्नुभयो । त्यसमा एक छक्का सामेल थियो । नेक्ससका अशोक धामीले दुई विकेट लिनुभयो ।

त्यसअघि भएको खेलमा कपन राधेमाई युवा क्लबले यु-१६ नेक्सस कप टी-२० क्रिकेट सिजन पाँचमा जित हात पारेको छ । राधेमाईले भक्तपुर क्रिकेट सेन्टर (बिसिसी) लाई ७७ रनको फराकिलो अन्तरले पराजित गर्‍यो ।
पहिलो ब्याटिङ गरेको राधेमाईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३९ रन बनायो । शशि पारितले ५३, सफ्वान अलीले २२ र राहुल हक अन्सारीले २० रन जोड्नुभयो । भक्तपुरका आयान सिलवालले २ विकेट लिनुभयो ।
जवाफी ब्याटिङमा उत्रेको बिसिसी १८.१ ओभरमा अलआउट हुँदै ६२ रनमा समेटियो । राधेमाईका सल्मान अली मन्सुरी र अनिश साह कनुले तीन-तीन विकेट लिनुभयो ।

अर्को खेलमा आस्था कलेज, झापाले ओसिस क्रिकेट एकेडेमीलाई दुई विकेटले हरायो । ओसिसले पूरा २० ओभर खेल्दै सात विकेटको क्षतिमा १०० रनको योगफल खडा ग¥यो । ओसिसका सूर्यान्शु कोइरालाले ३७ तथा निश्चल श्रेष्ठले २१ रन बनाउनुभयो । आस्थाका सौजन घिमिरेले तीन तथा संगम बुढाथोकीले एक विकेट झार्नुभयो ।

आस्थाले १७.१ ओभरमा आठ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । आस्थाका सौजन घिमिरेले नौ बलमा दुई छक्काको मद्दतमा २१ रन बटुल्नुभयो । ओसिसका बिके शर्माको नाममा तीन विकेट रहृयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?