सुदूरपश्चिममा सरकार जोगाउन नाउपाका मन्त्रीको जिम्मेवारी तोकियाे

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 3 mins

कैलाली । नागरिक उन्मुक्ति पार्टी(नाउपा) का दुई जना विनाविभागीय मन्त्रीको जिम्मेवारी तोकिएको छ । नाउपाको संस्थापक केन्द्रीय सदस्यको बैठकले सत्ता गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेपछि अवेर राती सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विना विभागीय दुई मन्त्रीको जिम्मेवारी तोक्नुभएकाे हाे ।

मुख्यमन्त्री शाहले बुधबार राति सरकारमा सहभागी नाउपाका सबै मन्त्रीसँग छलफल गरि विना विभागीय मन्त्रीलाई जिम्मेवारी दिनुभएकाे हाे ।

मुख्यमन्त्री निकट स्रोतकाअनुसार विना विभागीय मन्त्री लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास र खुसीराम चौधरीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिईएको हो ।

यो सँगै नाउपाबाट सरकारमा सहभागी भएका पाँचै जनाले जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री शाहले यसअघि नाउपा दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला र इन्दिरा गिरीलाई कृषि राज्यमन्त्रीको जिम्मेवारी दिनुभएकाे थियाे भने रामेश्वर चौधरी यसअघिदेखि नै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको रूपमा रहनु भएको छ ।

बुधबार नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा बसेकाे संस्थापक केन्द्रीय सदस्यको बैठकले संघ र प्रदेशमा नयाँ सत्ता गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको थियो ।

तर प्रदेश संसदीय दलले संरक्षक रेशम चौधरी बिना बसेको बैठकले गरेको उक्त निर्णय नमान्ने बताएका थियो ।

रेशमकै जोडबलमा नाउपाका ७ मध्ये मुख्यमन्त्री शाहले आफ्नो पक्षमा बहुमत पुर्‍याउन पाँच जनालाई मन्त्री बनाइसक्नु भएकाे छ । तर नाउपामा देखिएको विवादले शाहलाई बहुमत पुर्‍याउन सकस पर्ने देखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?