धनगढीका नगर प्रहरीलाई सशक्त बनाउँदै उपमहानगर

भाेजराज रोस्यारा कैलाली, संवाददाता
nagar Police-Dhangadhi
भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 3 mins

कैलाली । कैलालीको धनगढीमा नगर प्रहरीलाई उपमहानगरपालिकाले सशक्त बनाउँदै लगेको छ । उपमहानगरले नगरवासीको सुरक्षा र विपदका समयमा गर्नुपर्ने उद्दारलगायत विषयमा आवश्यक तालिम दिन थालेको छ । उपमहानगरपालिकाले नगर प्रहरीलाई भत्केका संरचनामा गरिने खोज तथा उद्दार सम्बन्धी र भवनमा हुने क्षतिको लेखाजोखा सम्बन्धी तालिमसमेत दिइरहेको छ । यस प्रकारको तालिम अहिले जारी छ । यसअघि नगर प्रहरीलाइ सर्प समात्ने तालिम पनि प्रदान गरिएको थियो ।

तालिमपछि दक्ष बनेका नगर प्रहरीले झण्डै चार सयको संख्यामा घरभित्र पसेका सर्प समातेर उद्दार गरेको थियो । त्यस्तै आगलागीबाट बच्न र त्यसका लागि अपनाउनु पर्ने सुरक्षालगायत विषयमा पनि नगरप्रहरीलाई तालिम प्रदान गरिएको छ । नगर प्रहरीलाई आवश्यक स्रोतसाधन समेत उपलब्ध गराएर नगरवासीको सुरक्षा र उद्दारमा खटाउने काम भइरहेको छ ।

अबैध भौतिक संरचना खाली गर्ने देखि सडकमा अलपत्र फेला परेका व्यक्तिको उद्दारमासमेत नगर प्रहरीको भुमिका प्रभावकारी बन्दै गएको छ । नगर प्रहरीले नै धनगढीमा कसैको निधन भए उपमहानगरपालिकाको झण्डा ओडाएर मृत आत्माको सम्मानसहित श्रद्धाजली दिने काम पनि गर्दै आएको छ ।

विपदको समयमा २४ सै घण्टा नगर प्रहरीलाई तयारी अवस्थामा राखिएको छ । साथै उपमहानगरपालिकाले नगरवासीको सेवाका लागि फायर बाइक सेवासमेत यसअघि नै सञ्चालनमा ल्याइसकेको छ । विपद परेको बेलानगर प्रहरीले तत्काल उद्धार गर्न यस्तो सेवा सुरु गरिएको हो ।उपमहानगर भित्रका १९ वडाभित्रै यस्तो सेवाप्रदान गर्ने काम भइरहेको छ ।

कहिँकतै आगलागी भएको बेला साँघुरो सडकमा दमकल नछिर्ने स्थानका लागि घटना भएको स्थानमा तत्काल पुग्न सजिलो होस भनेर उपमहानगरले फायर बाइक सेवा सञ्चालनमा ल्याएको हो । यसका लागि हाल उपमहानगरपालिकाले दुईवटा फायर बायक तयारी अवस्थामा राखेको छ ।

आगलागी भएको खबर पाउने बित्तिकै यो बाइक जान्छ, दमकम भन्दा यो छिटो हुने उपमहानगरपालिकाले जनाएको छ। तत्काल बचाउनु पर्ने कुरालाई यसले बचाउनमा मद्दत गर्छ । आगलागी तथा विपदजन्य जोखिमका बेला फायर बाइक दमकल उपयोगी मानिएको छ । युएनडीपी र उपमहानगरपालिकाको सामान ५०/५० प्रतिशत लगानीमा यस्तो सेवा सञ्चालनमा ल्याइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ : मञ्चलाकुमारी झा दशैं नजिकिँदै गर्दा पनि कलंकी खसीबजार सुनसान हेटौँडामा पुरानो घरको जग खन्ने क्रममा माटोले पुरिएर एक जनाको मृत्यु प्रस्तावित राजदुत डा. झाको योग्यता र कार्यक्षमतामाथि सत्तारुढ सांसदको प्रश्नै प्रश्न श्रीलंकाका लागि प्रस्तावित राजदुत झालाई लुम्बिनीको ब्राण्डिङमा केन्द्रित हुन सांसद पुनको सुझाव रोकिराखेको ईभीलाई दुई बसले ठक्कर दिँदा चालक घाइते कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै शुक्र अस्त हुँदै : कुन काम गर्न हुन्छ, कुन हुँदैन ? नेपालगन्जमा दसैँको रौनक : चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन