प्रधानमन्त्री देउवाले रुवाखोला मतदान केन्द्रमा मतदान गर्ने

Read Time = 1 min
A A- A+

डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा डडेल्धुरामा मतदान गर्ने हुनुभएको छ ।

उहाँले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मताधिकार प्रयोग गर्ने हुनुभएको हो ।

सहायक मतदान अधिकृत दिलीप तामाङका अनुसार देउवाको मतदाता नामावली रुवाखोलामा छ । देउवा गृह प्रदेशमा हुनुहुन्छ । उहाँ मतदान पछि शुक्रबार मात्र काठमाडौं फर्कँदै हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?