सिटीलाई लिभरपुलले हरायो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर सिटीको अपराजि यात्रामा लिभरपुल तगारो बनेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले सिटीलाई १-० ले पराजित गर्यो ।

घरेलु मैदान एनफिल्डमा लिभरपुललाई खेलको ७६औं मिनेटमा मोहम्मद सलाहले निर्णायक गोल गरे । उनले गोलरक्षक एलिसनले रिलिज गरेको लामो प्रहारलाई उत्कृष्ट नियन्त्रण लिँदै गोल गरेका थिए ।

रेफ्रीमाथि अभद्र ब्यवहार गरेपछि लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले दोस्रो हाफमा रातो कार्डको सामना गरेका थिए ।

हारसँगै सिटीले शीर्षस्थानको आर्सनलसँग अंक दूरी घटाउने अवसर गुमायो । लिभरपुल भने लयमा फर्किएको जनाउन सफल भयो ।

१० खेलबाट २३ अंक बटुलको सिटी पहिलो खेलमा हार बेहोर्दै दोस्रो स्थानमा छ । समान खेलबाट शीर्षस्थानको आर्सनलको २७ अंक छ । लिभरपुल नौ खेलबाट १३ अंक जोड्दै आठौं स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?