बैतडी । बैतडीको खोड्पेमा सार्वजनिक शिक्षाका विभिन्न मुद्धाहरुमा नागरिक समाजले भेला तथा प्रदर्शन गरेको छ । सोमबारबाट सुरु भएको शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह २०२४ को अवसरमा नागरीक समाजले खोड्पेमा -याली समेत निकालेको हो ।
शिक्षाका लागि राष्ट्रिय अभियानको सहयोगमा भुमेश्वर सामुदायिक बिकास संघ (बिसिडिओ) को आयोजना तथा फोर्स नेपाल र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालसंगको सहकार्यमा कार्यक्रम गरेको बिसिडिओका अध्यक्ष मानबहादुर ऐरले जानकारी दिनुभयो ।
तीनै तहका सरकारसंग निःशुल्क, गुणस्तरिय तथा सर्वसुलभ, व्यवहारिक, सहभागितामुलक शिक्षा र प्रविधिमैत्रि शिक्षाको व्यवस्था हुनुपर्ने माग गर्दै कार्यक्रम गरिएको ऐरल बताउनुभयो ।
‘सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर खस्किँदो अवस्थामा छ’ उहाँले भन्नुभयाे ‘ती विद्यालयहरुमा पढ्ने हाम्रा बालबालिकाहरुको पनि समयानुसारको शिक्षामा पुहँच हुनुपर्छ भनेर स्थानीय तथा प्रदेश संघिय सरकारलाई दबाब दिन कार्यक्रम गरिएको हो ।’
कार्यक्रममा बोल्ने वक्ताहरुले शिक्षा क्षेत्रमा हुने राजनिति बन्द गर्नुपर्नेमा पनि जोड दिएका थिए । सामुदायिक विद्यालय ब्यवस्थापन समिति महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष प्रेम सिंह भाटले सरकारले सामुदायिक बिद्यालयहरुको गुणस्तर सुधार दक्ष जनशक्ति र पुर्वाधारको व्यवस्थापन गर्न सके मात्रै हुने बताउनुभयो ।
निशुल्क र गुणस्तरीय शिक्षाको कार्यान्वयन,जीवन उपयोगि शिक्षामा लगानी वृद्धि गर्नुपर्नेमा तीनै तहका सरकारलाई दबाब दिन जरुरी रहेको सरस्वती मावि सल्लेवासाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मराज भट्टले जानकारी दिनुभयो ।
नेपाल सहित बिश्वका १५० भन्दा बढी राष्ट्रका नागरिक समाजले अप्रिल २२ देखि २६ तारिख सम्म शिक्षाका लागि विश्वव्यापी सप्ताह मनाउने गरेका छन् । यस वर्ष रुपान्तरणकारी शिक्षा भन्ने नारा कायम गरिएको हो ।
बैशाख ११ गते देखि १३ गते सम्म विभिन्न विद्यालयहरुबाट रुपान्तरणकारी शिक्षाका लागि विद्यार्थीहरुबाट पत्र संकलन गरिने र १४ गते प्रमुखजिल्ला अधिकारी मार्फत ति पत्रहरुलाई प्रधानमन्त्रीलाई बुझाइने कार्यक्रम रहेको बिसिडिओका अध्यक्ष मान बहादुर ऐरले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच