बैतडी । बैतडीमा ट्याक्टरले किच्दा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका १ का २५ वर्षीय नरेन्द्रप्रशाद भट्ट रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो। डिलाशैनी गाउँपालिका १ ब्रमबाट सीमारतर्फ गइरहेको सुपप्र ०१००२ त ४६८६ नम्बरको ट्याक्टरले डिलाशैनी १ को वडा कार्यालय नजिकै बसन्तपुर तुफानडाडा ब्रम भन्ने स्थानमा आइतबार दिउँसो २ बजे भट्टलाई ट्याक्टरले किचेको हो।
उक्त ट्याक्टरको ढालामा सवार नरेन्द्र एक्कासी खसेका र ट्याक्टरको पछाडिको टायरले किचेको थियो। टायरले किचेर नरेन्द्रको घटनास्थलमै मृत्युु भएको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।
घटनालगत्तै सीमार प्रहरी चौकी र इलाका प्रहरी कार्यालय पाटनको प्रहरीको टोली गएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच