काठमाडौं । आयोजक न्यु डायमन्ड एकेडेमी र परोपकार आदर्श मावि प्रथम चन्द्रागिरि न्यु डायमन्ड महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । चन्द्रागिरि नगरपालिकास्थित न्यु डायमन्ड एकेडेमीको भलिबल कोर्टमा शुक्रबार भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा न्यु डायमन्डले ब्राइट होराइजन चिल्ड्रेन होमलाई २५-१२ र २५-१९ को सोझो सेटमा पराजित गर्दै अपराजित रहेर फाइनलमा स्थान पक्का गरेको हो । डायमन्डले राउन्ड रोविन लिगमा तीन खेलबाट नौ अंक जोड्यो ।
अर्काे खेलमा परोपकार आदर्श माविले ज्ञानसुधा एकेडेमीलाई २५-२ र २५-२२ को सोझो सेटमा पराजित गर्दै फाइनलमा डायमन्डसँगको भेट पक्का गर्यो । परोपकारले तीन खेलबाट ६ अंक जोड्यो । एक खेलमा जित निकालेको ज्ञानसुधा एकेडेमीले तीन तथा ब्राइट होराइजन चिल्ड्रेन होमले सबै खेलमा हार बेहोर्दै अंकको खाता खोल्न सकेनन् ।
अब उपाधिका लागि न्यु डायमन्ड र परोपकार तथा तेस्रो स्थानका लागि ज्ञानसुधा र ब्राइट होराइजनबीच प्रतिस्पर्धा हुनेछ । न्यु डायमन्ड स्पोर्ट्स क्लबको आयोजना तथा चन्द्रागिरि नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा न्यु डायमन्डसहित परोपकार आदर्श मावि, ज्ञानसुधा एकेडेमी र ब्राइट होराइजन चिल्ड्रेन होम गरी चार टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले २५ हजार र तेस्रोले १५ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । चौथो हुनेले १० हजार रुपैयाँ, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वाेत्कृष्टले तीन हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । व्यक्तिगत विधाका उत्कृष्टहरूले समान एक हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच