तीज लक्षित ‘थरि थरि भोले’ सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । नेपाली नारिहरूको महानपर्व हरितालिका तीज आउन अझै दुई महिना बाँकी छ । तर, कलाकर्मीलाई भने तीज लागिसकेको छ । यस्तैमा चर्चित गायक खुमन अधिकारी र शान्तीश्री परियारले तीज गीत ‘थरि थरि भोले’ ल्याउनु भएको छ । जसमा गोपाल जिएम, नरेश खाती, रूपी सिञ्जालिर प्रेमा रानाको सार्वजनिक समूह गायन रहेको छ ।

लोक तथा डाण्सिङ शैली तयार गीतका शब्द रविन लामिछानेले लेख्नुभएको हो । गायक खुमन अधिकारीकै संगीत रहेको गीतमा सुनिल परियारको एरेन्ज छ ।

गीतको निकै आकर्षक भिडियो बनेको छ । भिडियोमा खुमन अधिकारी, अञ्जलि अधिकारी, अभिषेक खड्कालगायतको अभिनय छ । थुप्रै कोरस प्रयोग गरेर बनाइएको भिडियोको निर्देशन गायत्री थापाले गर्नुभएको हो । तडकभडन नगरी निकै जेरी भण्डारीको छायांकन रहेको भिडियोका सम्पादन नवीन घर्तीमगरले गर्नुभएको हो ।

लोक, आधुनिकलगायत थुप्रै गीतमा शब्द तथा स्वर भन्दै आएकी गायिका गायत्री पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा पनि देखिँदै आउनुभएको छ । ‘थरि थरि भोले’ गीत निर्देशक गायिकाले आफ्नै शिवर्दन फिल्मस्बाट निर्माण तथा सार्वजनिक गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?