काठमाडौं । आगामी निर्वाचनमा महिला सहभागिताबारे प्रतिनिधिसभामा प्रमुख दल कांग्रेस र माओवादी केन्द्रकी सांसदको मत बाझिएको छ । कांग्रेस सांसद पुष्पा भुसाल र माओवादी नेतृ रेखा शर्माको मत बाझिएको छ ।
सांसद भुसालले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको माहोल सुरु भइसकेकाले प्रमुख दलहरूले निर्वाचनमा महिलाको प्रतिनिधित्व बढाउन छलफल थाल्न आग्रह गर्नुभयो। उहाँले महिलालाई ५० प्रतिशत छुट्याउनुपर्ने माग गर्नुभयो ।
भुसाललगत्तै आफ्नो धारणा राख्दै माओवादी सांसद रेखा शर्माले भने महिला सहभागिता ३३ प्रतिशत बनाउन कानुनमै बाध्यात्मक व्यवस्था गर्नुपर्ने माग गर्नुभयो। उहाँले स्थानीय तहको निर्वाचनमा पनि महिला प्रतिनिधित्व घटेको उल्लेख गर्दै त्यसलाई सच्याउन पनि अनिवार्य रूपमा ३३ प्रतिशत महिला सहभागिताको व्यवस्था हुनुपर्ने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच