तेक्वान्दोका विश्वराज सम्मानित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । कोटेश्वर तेक्वान्दो डोजाङले तेक्वान्दो खेलाडी विश्वराज श्रेष्ठलाई सम्मान गरेको छ । विश्वराज कोटेश्वर तेक्वान्दो डोजाङकै खेलाडी हुनुहुन्छ । अस्ट्रेलियामा भएको दुई फरक अन्तर्राष्ट्रिय तेक्वान्दो

प्रतियोगितामा दुई स्वर्ण र एक कास्य जित्दै डोजाङका साथै देशको प्रतिष्ठा अभिवृद्धि गरेकोमा सम्मान गरिएको डोजाङले जनाएको छ ।
विश्वराजले ब्रिसवेन खुला तेक्वान्दोमा दुई स्वर्ण जित्नुभएको थियो । उहाँले क्योरोगीको ६८ केजीमुनि र स्पेसल फाइटमा एक-एक स्वर्ण जित्नुभएको थियो । त्यस्तै सिड्नी तेक्वान्दो च्याम्पियनसिपमा उहाँले कास्य पदक जित्नुभएको थियो । दुवै प्रतियोगिता सन् २०१९ मा भएका थिए ।

अध्ययनका सिलसिलामा विश्वराज सन् २०१८ मा अस्ट्रेलिया जानुभएको थियो । त्यही दौरान उहाँले उक्त प्रतियोगितामा सहभागिता जनाउनुभएको थियो । नेपाल आएका बेला कोटेश्वर तेक्वान्दो डोजाङले विश्वराजलाई सम्मान गरेको हो ।

तेक्वान्दोका मुख्य प्रशिक्षकसमेत रहनुभएका कोटेश्वर तेक्वान्दो डोजाङका प्रमुख नवीनकुमार श्रेष्ठले विश्वराजलाई दोसल्ला ओढ्याउनुका साथै प्रशंसापत्र प्रदान गरी सम्मान गर्नुभएको थियो ।

प्रमुख श्रेष्ठले आफ्ना डोजाङका खेलाडीले गरेको प्रगतिले सिंगो डोजाङ परिवारले गर्वको अनुभूति गरेको बताउँदै आगामी दिन अझ सफलताका लागि विश्वराजलाई शुभकामना दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?