जोकोभिचको विजयी सुरुवात

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । विश्व नम्बर एक नोभाक जोकोभिच वर्षको तेस्रो ग्रान्डस्लाम विम्बल्डनमा विजयी सुरुवात गरेका छन् ।

६ पटकका च्याम्पियनसमेत रहेका जोकोभिचले सोमबारबाट सुरु भएको विम्बल्डनको पहिलो चरणमा दक्षिण कोरियकाली खेलाडी सुन्वो कोनलाई ३–१ सेटमा पराजित गरे ।

पहिलो सेट ६–३ ले जितेका जोकोभिचले दोस्रो सेटमा सोही नतिजा कोनलाई सुम्पिएका थिए । यद्यपि, त्यसपछिका दुई सेट ६–३ ६–४ ले जित्दै साविक विजेता जोकोभिचले दोस्रो चरणको यात्रा तय गरे ।

उनले तेस्रो चरण प्रवेशका लागि थानसी कोक्किनाकिस र कमिल मज्चर्जकबीचको विजेतासँग खेल्ने छन् ।

२० पटकका ग्रान्डस्लाम च्याम्पियन जोकोभिचले २०११, १४, १५, १८, १९ र २१ मा गरी ६ पटक विम्बल्डन जितिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?