खोटाङको फोक्सिङटारमा बन्दैछ पुल, जगाउँदै आशा

Read Time = 3 mins

-चिसाङ शेर्पा
खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आपटारको सिमाना फोक्सिङटारस्थित सुनकोशी नदीमाथि निर्माणाधीन पुलको काम करीव ९० प्रतिशत सकिएको छ ।

दिक्तेल गाईघाट सडक खण्ड अन्तर्गत फोक्सिङटारमा सडक विभागको १९ करोड ६० लाख ९ हजार ९४१ रुपैयाँ लगानीमा गौरी पार्वती–वाईपी जेभीले २०७३ चैत २२ गतेदेखि सुनकोशी नदीमाथि १ सय २० मिटर लामो आर्च ब्रिज डिजाईनको मोटरेबल पुल निर्माण गरिरहेको हो ।
जेभीले २०६९ चैत २३ गते सम्झौता गरेर २०७३ चैत २२ गते पुल निर्माण गरिसक्नु पर्ने थियो । तर, पटक पटक म्याद गुजार्दै काम गरेको निर्माण कम्पनीले १० वर्षपछि मात्रै पुलको काम अन्तिम अवस्था पुर्याएको छ ।

अहिलेसम्म पुलको आर्च र कोलमको काम सकिएको जेभीका ईन्जिनियर नरेश कुमार गुप्ताले दाबी गर्नुभयो । ‘पुलको काम ९० प्रतिशि सकियो अब पुलको स्ल्याप ढलान मात्रै बाँकी छ । त्यो काम महिना दिनपछि गरिनेछ । स्काफ फोल्डिङ, फर्मा र डण्डी राख्ने कामलाई महिना दिन लाग्छ ।’ गुप्ताले भन्नुभयो, ‘अनि स्ल्याप ढलान हुन्छ ।’

जेभीका सञ्चालक रामकुमार थापाले असारको १५/१६ मा पुलको आर्च स्ल्याप ढलान गर्ने बताउनु भयो । थापाले साउन १५ गतेदेखि गाडी गुडाउने आश्वासन समेत दिनुभएको थियो ।

निर्माण कम्पनीले पुल निर्माण नगर्दा वर्षेनी लाखौ खर्चेर निर्माणाधिन पुल नजिकै अस्थाई बेलिब्रिज लगाईदै आएको छ । सडक विभागको ७८ लाख बजेटमा गत पुस १ गते जडान गरिएको बेलिब्रिज गएको जेठ ८ गते खोलेको थियो ।

बेलिब्रिज निकालेसँगै दिक्तेलबाट उदयपुरको गाईघाट हुंदै तराईसम्मको सीधा यातायात बन्द हुन्छ । बेलिब्रिज निकालेपछि छ महिना दिक्तेलबाट घुर्मी–कटारी–मिर्चैया हुंदै तराई जानुपर्ने बाध्यता छ ।

नदीको अफ्ठ्यारो कामहरु सकेको अवस्था हेर्दा अब आउने हिउँदमा बेलिब्रिज राख्नु नपर्नेे दिक्तेल गाईघाट सडक विभागका योजना प्रमुख गोपाल खकुरेलले बताउनुभयो ।
फोटो ः निर्माणाधीन पुल ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?