फिफाले हटायो पाकिस्तानलाई लगाएको परिबन्ध

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । दक्षिण एसियाली मुलुक पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ)लाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रतिबन्धबाट हटाएको छ ।

फिफाले बिहीबार एक विज्ञप्ति निकाल्दै पाकिस्तान फुटबल फेडेरसनमाथिको प्रतिबन्ध हटाइएको जानकारी गराएको हो ।

तेस्रो पक्षको अनावश्यक हस्तक्षेपसंगै फिफाले सन् २०२१ को अप्रिलमा पीएफएफलाई प्रतिबन्ध लगाएको थियो । फिफाले हिजोकै मितिबाट प्रतिबन्ध हटाएको जनाएको छ ।

फिफाले प्रतिबन्धपछि मलिक हारोनको नेतृत्वमा नर्मलाइजेसन कमिटी गठन गरेको छ । यस्तै, फिफाले नर्मलाइजेसन कमिटीलाई काममा बाधा र अवरोध गरिएमा फेरि प्रतिबन्ध गरिने जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?