नेपाल प्रहरीद्धारा ४७४ असईको माग

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ४४३ जना प्रहरी सहायक निरीक्षक (असई) लागि भर्ना खुलाएको छ ।

आइतबार सूचना प्रकाशन गर्दै प्रहरी प्रधान कार्यालयले यस अघि माग गरिएका संख्यामा थप गरी कुल ७६ जना थप गरी जम्मा ४४३ जना प्रहरी सहायक निरिक्षका लागि भर्ना खुलाएको हो । साथै, दुई हजार ४७४ जना प्रहरी जवानको समेत भर्ना खुलाएको छ ।

गत २०७८ असोज २२ गते सूचना प्रकाशन गरी ३६७ जना प्रहरी सहायक निरिक्षक माग गरेको भए पनि त्यसमा ७६ जना थप गरी ४४३ जना माग गरेको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।

यसैगरी, गत २०७८ मंसिर १० गते विज्ञापन प्रकाशन गरी एक हजार ९७१ जना प्रहरी जवान माग गरेको भए पनि आइतवार भने नेपाल प्रहरीले त्यसमा ५०३ जना थप गरी दुई हजार ४७४ जना प्रहरी जवान भर्नाका लागि माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?