इन्धन खपत घटाउन शनिबार चक्काजाम गर्न सुझाव

Read Time = 2 mins

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ खपत घटाउन भन्दै सरकारलाई विभिन्न १० बुँदे सुझाव दिएको छ । सवारीसाधनमा जोरबिजोरदेखि शनिबार सवारीसाधन सञ्चालनमा रोक लगाउनेसम्म सुझाव रहेका छन् । सोमबार निगमले मोटरसाइकल तथा स्कुटरमा पाँच लिटर, कार, जिप तथा भ्यानमा २० लिटरमात्र इन्धन बिक्री गर्न सरकारलाई सुझाव दिएको हो ।

निगमले सार्वजनिक तथा अत्यावश्यक सेवाका सवारीसाधनबाहेक सरकारी तथा निजी सवारीसाधन जोरबिजोर प्रणालीमा सञ्चालन, देशका प्रमुख शहरमा प्रत्येक शनिबार गाडीरहित सार्वजनिक बिदा घोषणा, खाना पकाउने एलपी ग्याँस खपत घटाउन विद्युतीय चुलो सहुलियतदरमा बिक्री र घरायसी प्रयोजनका लागि विद्युतीय शुल्क कम गर्ने तथा विद्युतीय सवारीसाधन प्रयोगमा जोड दिएको छ ।

त्यस्तै प्रमुख शहर र राष्ट्रिय राजमार्गमा निःशुल्क चार्जिङ स्टेसन निर्माण, सार्वजनिक/निजी पार्किङस्थलमा विद्युतीय सवारीका लागि अलग्गै निःशुल्क पार्किङस्थलको व्यवस्था, छोटो दूरीमा सवारीसाधनको सकभर प्रयोग नगरी पैदल यात्रा, ढुवानीमा प्रयोग हुने मालवाहक सवारीसाधन पूर्ण क्षमतामा सञ्चालन, मोटरसाइकल, कार, सरकारी सवारीसाधनलगायतमा सिटअनुरूप यात्रु रहने गरी सञ्चालन, पेट्रोलियमबाट चल्ने सवारीलगायतका अन्य उपकरणको आयात बन्द र ठूला उद्योग, परियोजना, होटल आदिले डिजेल तथा एलपी ग्याँसको खपत नगरी विद्युत्को खपतका लागि आहृवान गरिनुपर्ने निगमका सुझाव रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?