रोयललाई यु-२३ पुरुष बास्केटबलको उपाधि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । चिरपरिचित प्रतिद्वन्द्वी टाइम्सको चुनौतिलाई पन्छ्याउँदै रोयलले यु-२३ पुरुष बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा मंगलबार भएको फाइनल खेलमा रोयलले टाइम्सलाई ६६–५७ को स्कोरमा स्तब्ध बनाउँदै उपाधि जितेको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा रोयलले पहिल क्वार्टरमा २३-१८ को स्कोरबाट अग्रता लिएको थियो । दोस्रो क्वार्टरमा पनि रोयले अग्रतालाई कायम राखेको थियो । दोस्रो क्वार्टरमा २२-१६ अग्रता लिएको रोयलले तेस्रो क्वार्टर भने ८-१० ले पछि परेको थियो । अन्तिम तथा निर्णायक क्वार्टरमा समान १३-१३ स्कोर गरे पनि रोयलले समग्रमा ६६-५७ को स्कोर निकाल्दै उपाधि जित्न सफल भएको हो । रोयलका निकेस मगरले सर्वाधिक २२ स्कोर गर्नुभयो ।

च्याम्पियन बनेको रोयलले नगद एक लाख रुपैयाँ प्राप्त गर्‍यो भने उपविजेता बनेको टायम्सले ५० हजार रुपैयाँमा चित्त बुझायो । मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय बास्केटबल विभागद्वारा आयोजित प्रतियोगिता ७१ औं मदन जयन्तीका अवसरमा आयोजना भएको थियो ।

प्रतियोगितामा १० टिमले सहभागिता जनाएका थिए । आयोजकले सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाएको थियो । विजयी खेलाडीलाई एकेडेमीका अध्यक्ष धु्रब आचार्य लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?