बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

सिरहा । सिरहा प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । गोलबजार नगरपालिका-१० धर्मपुरका ३८ वर्षीय राजकुमार विश्वकर्माले बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा इलाका प्रहरी कार्यालय गोलबजारले पक्राउ गरेको हो ।

घरमा एक्लै टोलाउने, झोक्राएर बस्ने गरेका बालिकालाई अभिभावकले सोधखाेजगर्दा आफूमाथि करणी भएको बताएपछि प्रहरीमा खबर गरेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक राजु केसीले जानकारी दिनुभयाे ।

प्रहरीले विश्वकर्मालाई तत्काल पक्राउ गरी जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सिरहाबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?