विद्यार्थी कुट्ने प्रिन्सिपल प्रहरी नियन्त्रणमा

Read Time = 2 mins

-डम्मर बुढा मगर
बागलुङ । बागलुङको बुर्तिबाङमा प्रिन्सिपलको कुटाइबाट एक विद्यार्थी गम्भीर घाइते भएको घटना बाहिर आएपछि प्रहरीले प्रिन्सिपललाई नियन्त्रणमा लिएको छ ।

ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तिबाङस्थित न्यू मोर्डन एकेडेमीमा कक्षा ९ मा अध्ययन गर्ने तमानखोला गाउँपालिका वडा नम्बर २ भयरबोङ्गाका १५ वर्षीय हिक्मत विक प्रिन्सिपल दीपक कुवँरको कुटाइबाट असार २२ गते गम्भीर घाइते भएका थिए ।

उक्त घटना बाहिर आएपछि दीपक कुवँरलाई प्रहरीले बुर्तिबाङबाट नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

घाइते विकको टाउको र शरीरका विभिन्न अंगहरुमा निलडाम छन् । टाउकोमा ठूलो चोट पुगेको हुँदा उनलाई रिगंटा लागेर उठ्न नक्ने भएको हुनसक्ने विककी आमा मन्सरा विकले जानकारी दिनुभयो । विद्यार्थी विकको उपचारका लागि परिवारले पोखरा लगिएको छ । घटनाको विषय विहीबार मात्रै सार्वजनिक भएको हो । घटनाको अनुसन्धानका लागि प्रिन्सिपललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तस्वीर : घाइते विद्यार्थी

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?