पहिलो दराज सम्मेलन

Read Time = 2 mins

काठमाडौं । अनलाइन बजार दराजले पहिलो वार्षिक दराज सम्मेलन आयोजना गरेको छ । एकदिने उक्त सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञसहित तीन फरक प्यानल रहेका थिए भने प्रमुख वक्तामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याल र राष्ट्रिय योजना आयोगका सदस्य-सचिव केवलप्रसाद भण्डारी रहनुभएको थियो ।

दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवरले दराजले कमर्सका माध्यमबाट समुदायको उत्थान गरेर सांस्कृतिक प्रभाव पार्ने लक्ष्यअनुसार दराज परिवर्तनको एक सक्रिय च्यानल हुन खोजिरहेको बताउनुभयो । तीन प्यानलले ‘नेपालमा परम्परागत कमर्सबाट ई-कमर्ससम्म’, ‘ब्लेन्डिङ अफ द मार्केट प्लेस एन्ड कमर्स फर डिजिटल इकोनोमी’ र ‘अपलिफ्टिङ कम्युनिटी फर द पावर अफ डिजिटल कमर्स इन नेपाल’ विषयहरू समेटेको थियो ।

छलफलमा सहभागी प्यानलमा गुरूप्रसाद पौडेल, अम्बिका श्रेष्ठ, ओमेशलाल श्रेष्ठ, विमल अर्याल, सुरेश श्रेष्ठ, शंकर उप्रेती, आयुष श्रेष्ठ, सन्तोष पाण्डे, गोविन्दबहादुर कार्की, दिलीप अग्रवाल, सञ्जीव सुब्बा र आँचल कुँवरको सहभागिता थियो । दराजले १५ हजारभन्दा बढी बिक्रेता, प्रतिमहिना १५ लाख सक्रिय एप प्रयोगकर्ता र नेपालका एक सय एक शहरमा डेलिभरीसाथ दु्रुतरूपमा ई-कमर्स सेवा प्रदान गर्दै आएको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?