इन्साइट र ग्रान्डीलाई एसिया प्यासिफिक कप

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । इन्साइट भिजन र ग्रान्डी स्पोर्ट्स सेन्टरले प्रथम एसिया प्यासिफक एसइई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । इन्साइट भिजन ब्वाइज तथा ग्रान्डी स्पोर्ट्स सेन्टर गल्र्समा च्याम्पियन बनेका हुन् ।

धापासीस्थित आयोजक एसिया प्यासिफिक कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा इन्साइट भिजनले एन्जल्स हार्टलाई १९-१३ ले पराजित गर्‍यो । गल्र्सको उपाधि भिडन्तमा ग्रान्डी स्पोर्ट्स सेन्टरले बलर्स एकेडेमीलाई ५-४ ले हरायो । ब्वाइजमा इन्साइट भिजनका उर्गेन लामा र गल्र्समा बलर्स एकेडेमीकी मनिषा शाही ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो ।

विजेतालाई एसिया प्यासिफिकका प्रिन्सिपल रमेश घिमिरेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । लिग कम नकआउट आधारमा भएको तीनदिने प्रतियोगिताको ब्वाइजमा २९ तथा गल्र्समा १६ टिम सहभागी थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?