महिला युरोः गिएरोको ह्याट्रिकमा फ्रान्सको सहज जित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । फ्रान्सले आइतबार राति महिला युरोपियन च्यााम्पियनसिप-२०२२ मा सानदार सुरुआत गर्ने क्रममा इटालीमाथि ५-१ को जित निकालेको छ ।

समूह ‘डी’ अन्तर्गतको खेलमा पेरिस सेन्ट जर्मन (पिएसजी) की मिडफिल्डर ग्रेस गिएरो युरो च्याम्पियनसिपमा पहिलो हाफमै ह्याट्रिक गोल गर्ने पहिलो खेलाडी समेत बनिन् । फ्रान्सका लागि गिएरोको यो ५०औं खेल थियो ।

फ्रान्सले सबैखाले प्रतियोगिता गरि आफ्नो जित यात्रालाई १५ खेल सम्म कायम राखेको छ ।

खेलको नवौ मिनेटमा गिएरोको गोलमा फ्रान्सले अग्रता लिएको थियो । त्यसको तीन मिनेटपछि नै म्यारी एन्टोनेटी काटोटाले फ्रान्सको अग्रता दोब्बर पारिन् ।

३८औं मिनेटमा डेल्फिने कास्कारिनोले फ्रान्सको अग्रता थप बढाएकी थिइन । त्यसको दुई मिनेटपछि गिएरोले फ्रान्सलाई फराकिलो जिततर्फ अघि बढाएकी थिइन् ।

पहिलो हाफको अन्तिम मिनेटमा गिएरोले ह्याट्रिक पूरा गर्दै फ्रान्सको अग्रता ५-० मा पुर्याइन् । ७६औं मिनेटमा इटालीका लागि मार्टिना पाइमोन्टेले सान्त्वना गोल गरिन् ।

समूह ‘डी’ कै अर्को खेलमा बेल्जियम र आइसल्यान्डले भने १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?