काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले इजिप्ट र अष्ट्रेलियाका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको छ ।
उहाँले इजिप्टका लागि नेपालको आवासीय राजदूतमा सुशीलकुमार लम्साल र अष्ट्रियाका लागि आवासीय राजदूतमा भरतकुमार रेग्मीलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो ।
आचार्यका अनुसार सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले उहाँहरुलाई राजदूतमा नियुक्त गर्नुभएको हो ।
‘राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा सुशीलकुमार लम्साललाई इजिप्टका लागि नेपालको आवासीय राजदूत पदमा र भरतकुमार रेग्मीलाई गणतन्त्र अष्ट्रियाका लागि नेपालको आवासीय राजदूत तथा संयुक्त राष्ट्रसंघ कार्यालय, भियनाको लागि नेपालको स्थायी प्रतिनिधि पदमा समेत नियुक्त गर्नुभएको छ,’ प्रवक्ता आचार्यले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच