एन्जल्स एसइइ कप फुटसल आजदेखि

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एन्जल्स हार्ट कलेजको आयोजनामा प्रथम एन्जल्स एसइइ कप छात्र फुटसल प्रतियोगिता आज (मंगलबार)देखि हुने भएको छ । प्रतियोगितामा ३० टिमको सहभागिता रहने एन्जल्स हार्ट एडुकेसन फाउन्डेसनका अध्यक्ष लिलबहादुर पुनले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । पुनले क्रिकेट, भलिबल, बास्केटबल र एथलेटिक्स प्रतियोगिता आयोजना गर्दै आएकोमा एन्जल्स हार्टले पहिलोपटक फुटसल आयोजना गर्न लागेको बताउनुभयो ।

लिग कम नकआउट आधारमा हुने प्रतियोगिताका विजेताले ३० हजार र उपविजेताले २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । साथै एन्जल्समा प्लस टु अध्ययन गर्न चाहेमा पहिलो हुनेलाई १०० प्रतिशत, दोस्रोलाई ७५ प्रतिशत र सहभागीलाई ३५ प्रतिशत छात्रवृत्ति पनि प्रदान गरिने प्रिन्सिपल धनबहादुर पुनले जनाउनुभयो । चारदिने प्रतियोगिताका खेलहरू मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीको ए वान फुटसलमा हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?