बर्दिबास नगरपालिकाले करार कर्मचारी हटाउने

हिमालय टाइम्स
Read Time = 2 mins

महोत्तरी । बर्दिबास नगरपालिकाले नगरभित्रका करार कर्मचारी हटाउने भएको छ । आउँँदो १ साउनदेखि २०७९/८० मा खर्च कटौती गर्नुपर्ने कारण देखाउँदै नगरपालिका, वडा र स्वास्थ्य कार्यालयका करारमा कार्यरत कर्मचारी हटाउन लागेको हो ।

अत्यावश्यकबाहेकका कर्मचारी हटाउने उल्लेख गरे पनि नगरले १ साउनदेखि करार तथा ज्यालादारीमा रहेका कर्मचारीहरुलाइ हाजिर नगराउन निर्देशनसमेत दिइसकेको छ ।

कार्यसम्पादनमा बाधा नपुग्नेगरी सबै कर्मचारी त हैन केही कर्मचारी हटाउने निर्णय गरेका छौँ, नगरपालिकाका प्रवक्ता विजय महतोले भन्नुभयो ।

अघिल्लो सरकारले करारमा नियुक्त गरेका ६२ जना शिक्षकको विषयमा भने निर्णय आउन बाँकी छ । बैठक बसेर के गर्ने भन्ने विषयमा टुंगो लगाउँछौँ, प्रवक्ता महतोले भन्नुभयो ।

नगरपालिकाका सूचना अधिकारी सोम फुयालका अनुसार विद्यालयका शिक्षकबाहेक अहिले नगरभित्र लगभग ५० को हाराहारीमा कर्मचारीहरू करारमा काम गर्दै आएका छन ।

कर्मचारी हटाउने बिषयमा गरिएको निर्णयमाथि नगरवासीको मिश्रित प्रतिक्रिया आएका छन् । खर्च कटौती गर्ने नाममा अघिल्लो स्थानीय सरकारका नियुक्ति खारेज गर्ने र नयाँ नियुक्ति गर्ने परिपाटीको विकाश गर्न खोजेको कतिपयको आरोप छ भने कतिपयले नगरको निर्णयलाई स्वागत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?