![क्यानलाई ६० लाख दिने वाइवाइको घोषणा](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/wai-wai-can-.jpg)
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को १० महिना अर्थात् वैशाखमा शोधनान्तर बचत बढेर झण्डै चार खर्ब अर्थात् तीन खर्ब ९२ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर दुर्ई खर्ब नौ अर्ब ४९ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ५९ करोडले बचतमा रहेको शोधनान्तर समीक्षा अवधिमा दुई अर्ब ९५ करोडले बचतमा रहेको नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको देशको आर्थिक तथा वित्तीय विवरणमा उल्लेख छ । केन्द्रीय बैंकका अनुसार २०८० असारमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६.२ प्रतिशतले वृद्धि भई २०८१ वैशाखमा १९ खर्ब ४२ अर्ब ४० करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असारमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ वैशाखमा २४.२ प्रतिशतले वृद्धि भई १४ अर्ब ५४ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा २०८० असारमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८१ वैशाख मसान्तमा २८ प्रतिशतले वृद्धि भई १७ खर्ब २२ अर्ब दुई करोड पुगेको छ । २०८१ वैशाखको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८०/८१ को १० महिनाको आयातलाई आधार मान्दा बंैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने बताइएको छ ।
बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने केन्द्रीय बैंकले जनाएको छ ।
समीक्षा अवधिमा चालु खाता एक सय ९३ अर्ब २५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ६३ अर्ब ७४ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४९ करोड ३६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा एक अर्ब ४५ करोडले बचतमा रहेको छ ।
त्यस्तै, पुँजीगत ट्रान्सफर १७.२ प्रतिशतले घटेर पाँच अर्ब २६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी छ अर्ब ९८ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर छ अर्ब ३६ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी चार अर्ब ३६ करोडले धनात्मक रहेको थियो ।
रेमिट्यान्स १२ खर्ब नजिक
विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भई झण्डै १२ खर्ब अर्थात् ११ खर्ब ९८ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.१ प्रतिशतले वृद्धि भई नौ अर्ब दुई करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.४ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या तीन लाख ७४ हजार आठ सय ८७ र पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ३७ हजार आठ सय ९३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः चार लाख २१ हजार दुई सय ७९ र दुई लाख ३८ हजार नौ सय ७६ रहेको थियो ।
मूल्यवृद्धि ४.४० प्रतिशतमा सीमित
२०८१ वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.४१ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.२७ र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९६ प्रतिशत रहेको छ । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक २३.११, दाल तथा गेडागुडी १०.८५, मरमसला ८.९८, खाद्य तथा खाद्यजन्य पदार्थ ७.४२ र चिनी तथा चिनीजन्य वस्तुको ७.२५ प्रतिशतले बढेको छ । २०८१ वैशाखमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.३०, तराई ४.३२, पहाड ४.७० र हिमालको ४.२२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा क्रमशः ७.६८, ७.१५, ७.५७ र ७.१२ प्रतिशत रहेको थियो ।
१० महिना सबा एक खर्बको मात्रै निर्यात
आर्थिक वर्ष २०८०/८१ को १० महिनामा कुल वस्तु निर्यात ३.६ प्रतिशतले कमी आई एक खर्ब २६ अर्ब १७ करोडमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २४.५ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः ५.६ र १.४ प्रतिशतले घटेको छ भने चीनतर्फको निर्यात ६८.१ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, तयारी पोशाक, पिनालगायतकोे निर्यात बढेको छ भने पाम तेल, सोयाबिन तेल, ऊनी गलैंचा, चिया, ब्रान्सलगायतको निर्यात घटेको छ । १० महिनामा कुल वस्तु आयात २.४ प्रतिशतले घटेर १३ खर्ब तीन अर्ब ३६ करोड कायम भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १६.८ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलुकबाट भएको आयात क्रमशः ३.४ र २०.८ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३४.४ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा सवारी साधन तथा स्पेयर पार्टपुर्जा, तयारी पोशाक, हवाईजहाजको स्पेयर पार्टपुर्जा, विद्युतीय उपकरण, लत्ताकपडालगायतको आयात बढेको छ भने कच्चा सोयाबिन तेल, सुन, हट रोल्ड शिट इन क्वायल, कच्चा पाम तेल, धान तथा चामललगायतको आयात घटेको छ ।
आर्थिक वर्ष २०८०/८१ को १० महिनामा कुल वस्तु व्यापार घाटा २.३ प्रतिशतले कमी आई ११ खर्ब ७७ अर्ब १८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५.९ प्रतिशतले घटेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच