ग्लोबल आइएमईलाई युरोमनी अवार्ड

Read Time = 2 mins

काठमाडौं । ग्लोबल आइएमई बैंक ‘युरोमनी अवार्ड फर एक्सलेन्स बेस्ट बैंक नेपाल २०२२’ बाट सम्मानित भएको छ । बुधबार बेलायतको लन्डनमा आयोजित एक कार्यक्रमबीच ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले उक्त अवार्ड ग्रहण गर्नुभएको हो ।

बैंकका अनुसार सन् १९९२ मा स्थापित अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित र एकमात्र अवार्ड हो । बैंकले ग्राहकलाई प्रदान गर्दै आएको सेवा, बैंकिङ क्षेत्रमा नयाँ–नयाँ प्रविधि प्रयोग तथा बैंकको उच्चस्तरीय कार्यसम्पादनका लागि अवार्ड प्रदान गरिएको हो ।

युरोमनी म्यागाजिन बैंङिक क्षेत्रको गहकिलो विश्लेषण, सुझाव र समालोचनाका लागि प्रख्यात रहेको छ । युरोमनी समूहमा बैंक तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्तिहरू रहेका छन् । अमेरिकाको बैंक अफ अमेरिकाले यस वर्ष विश्वको उत्कृष्ट बैंकको उपाधि प्राप्त गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?