प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन आज, पुष्पा र विद्या चुनावी मैदानमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । उपसभामुख चयनको लागि आज (शुक्रबार) मतदान हुँदैछ । मतदान संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो ३ बजेका लागि तय गरिएको छ ।

यसअघि उपसभामुख मनोनयन दर्ताको समय बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म निर्धारण गरेको थियो । निर्धारित समयभित्र नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल र नेकपा एमालेकी सांसद विद्या भट्टराईले मात्र उम्मेदवारी दर्ता गराउनुभएको थियो ।

नेपाली कांग्रेस संसदीय दलकी सचेतकसमेत रहनुभएकी सांसद भुसाल सत्तारूढ गठबन्धनकी साझा उम्मेदवार हुनुहुन्छ । भुसालको मनोनयनमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ प्रस्तावक र नेकपा एकीकृत समाजवादीकी लक्ष्मी चौधरी समर्थक रहनुभएको छ ।

प्रमुख विपक्षी दल नेकपा एमालेबाट सांसद विद्या भट्टराई उम्मेदवारी दिनुभएको छ । भट्टराईको प्रस्तावकमा एमाले संसदीय दलकी सचेतक शान्ता चौधरी र समर्थकमा सांसद कृष्णभक्त पोखरेल रहनुभएको छ ।

एमालेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग तालमेल गरेर उसैलाई उपसभामुख पदको उम्मेदवार खडा गर्न भने पनि लोसपाले कसैलाई उम्मेदवार नबनाएपछि एमालेले आफ्नै उम्मेदवार तय गरेको हो । शिवमाया तुम्बाहाम्फेले पदबाट राजीनामा दिएपछि २०७६ देखि उपसभामुख पद रिक्त छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?