प्रचण्ड दिल्लीमा, भाजपा विदेश विभाग प्रमुख चौथाइवाद्वारा स्वागत

Read Time = 1 min

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतको दिल्ली पुग्नुभएको छ । तीन दिने भारत भ्रमणका लागि प्रचण्ड शुक्रबार दिल्ली पुग्नुभएको हो ।

भारतीय जनता पार्टीको निमन्त्रणमा भारत पुगेका प्रचण्डलाई दिल्लीमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले स्वागत गर्नुभएको छ । सो क्रममा भारतका लागि नेपाली राजदूत डा शंकर शर्माको पनि उपस्थिति थियो।

भारत भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध थप बलियो बनाउनेदेखि व्यापारललगायतका विषयमा कुराकानी हुने दिल्ली प्रस्थान गर्नुअघि प्रचण्डले जानकारी दिनुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?