त्रिभुवन आर्मी क्लब केपी ओली कप टी–२० क्रिकेटको सेमिफाइनल प्रवेश

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । त्रिभुवन आर्मी क्लब केपी ओली कप टी–२० क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ ।

कोशी प्रदेशलाई ३९ रनले पराजित गर्दै त्रिभुवन आर्मी सेमिफाइनल प्रवेश गरेको हो ।

पोखरा रंगशालामा टस जितेर ब्याटिङ गरेको आर्मीले २० ओभरमा ७ विकेट गुमाउँदै १८६ रन बनाएको थियो । जवाफी ब्याटिङ सुरु गरेको कोशी प्रदेशले १८ ओभर २ बलमा १ सय ४७ रन बनाउँदै अलआउट भयो ।

आर्मीका लागि ओपनर सन्तोष कार्की र भीम सार्कीले अर्धसतक पूरा गरे । सन्तोष ४१ बलमा ५० रन बनाएर रिटार्ड हर्ट र भीम २४ बलमा ५३ रन बनाएर आउट भए । आर्मीका कप्तान बिनोद भण्डारीले १७ र रोहित पौडेलले २३ जोडे ।

बलिङतर्फ कोशी प्रदेशका सर्वन यादवले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै ३२ रन खर्चेर ३ विकेट लिए। कमल खत्रीले २, प्रकाश कार्की र सोनु मण्डलले १–१ विकेट लिए।

कोशीका लागि सोनु अन्सारीले ४४ रन बनाउँदा समीर कार्कीले ३४, सुजन थपलियाले २१ र मनिश थापाले १६ रनको योगदान दिए ।

बलिङतर्फ आर्मीका सोमपाल कामी र विवेक यादवले २–२ विकेट लिए । बसिर अहमद, जितेन्द्र मुखिया, शाहब आलम र रोहित पौडेलले १–१ विकेट लिए ।

याेसँगै पोखरामा जारी केपी ओली कप टि-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

सेमिफाइनलमा आर्मी, बागमती प्रदेश, मधेश प्रदेश र सशस्त्र प्रहरी बल (एपीएफ) पुगेका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?