एन्जल्स एसइइ कप बास्केटबल आजदेखि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एन्जल्स हार्ट मावि/कलेजको संयुक्त आयोजनामा प्रथम एन्जल्स एसइई कप थ्री अन थ्री छात्र बास्केटबल प्रतियोगिता शनिबारदेखि हुनेभएको छ । प्रतियोगितामा ६४ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गर्ने एन्जल्स हार्टका प्रिन्सिपल धनबहादुर पुनले जनाउनु भएको छ । विजेताले १० हजार र उपविजेताले सात हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । सेमिफाइनलमा रोकिने टिमलाई पनि नगद पुरस्कार छ ।

पहिलो हुनेलाई सय प्रतिशत र दोस्रोलाई ७५ प्रतिशत छात्रवृत्ति एन्जल्स हार्टमा प्रदान गरिनेछ । सेमिफाइनलिष्ट र सहभागी टिमलाई पनि ३० प्रतिशत छात्रवृत्ति प्रदान गर्ने एन्जल्स हार्ट एजुकेसन फाउण्डेशन प्रालिका अध्यक्ष लीलबहादुर पुनले जानकारी गराउनुभयो ।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब एक लाख ६ हजार खर्च हुनेछ । दुई दिने प्रतियोगिताका खेलहरू मनमैजुस्थित एन्जल्स हार्ट स्कुल र एन्जल्स स्पोर्ट्स एकेडेमीको कोर्टमा खेलाइनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?